१८० देशका प्रवासी नेपालीको साझा संकल्प**साउदी अरब ।
प्रवासी नेपाली आन्दोलनका अगुवा तथा साउदी अरबमा रहेर प्रवासी नेपालीहरूको हक–हितका लागि लामो समयदेखि सक्रिय भूपाल भण्डारीले आगामी निर्वाचनका लागि औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले आफ्नो उम्मेदवारी कुनै एक देश, क्षेत्र वा समुदायको मात्र नभई विश्वभर फैलिएका १८० देशका प्रवासी नेपालीहरूको साझा संकल्प को रूपमा अघि सारेका छन्।
नेपालको आर्थिक, सामाजिक र नीतिगत पुनर्निर्माणमा अब प्रवासी नेपालीहरूको भूमिका निर्णायक हुनुपर्ने भन्दै भण्डारीले आफ्नो राजनीतिक यात्रालाई केवल व्यक्तिगत महत्वाकांक्षाको विषय नभई राष्ट्र निर्माणको अभियान भएको स्पष्ट पार्नुभएको छ।

उच्च त्याग र बलियो पृष्ठभूमि भण्डारीको राजनीतिक प्रवेशलाई उहाँको उच्च त्याग, बहुआयामिक अनुभव र बलियो व्यावसायिक पृष्ठभूमिले थप विश्वसनीय बनाएको देखिन्छ।
विगत १६ वर्षदेखि प्रवासी भूमिमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आउनुभएका भण्डारी पूर्वाधार विकासका विद्यार्थी, कुशल व्यवस्थापक तथा प्रविधि–मैत्री सोच भएका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। व्यवस्थापन, योजना निर्माण, नतिजामुखी कार्यशैली र प्रविधिको प्रयोगमा उहाँको अनुभव उल्लेखनीय मानिन्छ।

देश–विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको सेवामा लगाउने दृढ संकल्पसहित उहाँले मासिक रु. १० लाखभन्दा बढीको आकर्षक सेवा–सुविधा त्यागेर निर्वाचनको मैदानमा होमिनुभएको हो। यस त्यागलाई भण्डारीले “देश बनाउने मूल्य” को संज्ञा दिनुभएको छ। प्रवासी पीडा र पसिनाबाट जन्मिएको राजनीतिक चेत भण्डारी कुनै ‘एयर–कन्डिसन राजनीति’ बाट आएको नेतृत्व होइनन्। उहाँ स्वयंले प्रवासी जीवनका पीडा, श्रम, अपमान, असुरक्षा र संघर्षलाई नजिकबाट भोग्नुभएको छ।
त्यही अनुभवले उहाँलाई प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने श्रमिक को रूपमा होइन, नीति निर्माण र राष्ट्र नेतृत्वको केन्द्रमा ल्याउनुपर्ने शक्ति का रूपमा स्थापित गर्ने राजनीतिक सोच जन्माएको देखिन्छ।
उहाँका अनुसार नेपालले आज भोगिरहेको आर्थिक संकट, बेरोजगारी, पलायन र अस्थिरताको समाधान प्रवासी अनुभव, प्रविधि र पूँजीलाई राज्यको मूलधारसँग जोड्न सके मात्र सम्भव छ। नेतृत्वको प्रतिबद्धता: जवाफदेही र कार्यमुखी शासन भण्डारीले अबको नेतृत्व जवाफदेही (Accountable) र जिम्मेवार (Responsible) हुनैपर्नेमा जोड दिनुभएको छ।
उहाँका अनुसार आज देश पछाडि पर्नुको मुख्य कारण नै नेतृत्वको गैर–जवाफदेहीपन, योजना विहीनता र कार्यान्वयनको अभाव हो। यसै कारण उहाँले आफ्नो नेतृत्वलाई भाषण र नारामा सीमित नराखी स्पष्ट कार्यतालिका सहित अघि बढाउने घोषणा गर्नुभएको छ।
५ वर्षे कार्ययोजना:
भण्डारीका अनुसार उहाँको कार्यकाल हावादारी प्रतिबद्धतामा आधारित नहुनेछ। पाँच वर्षका हरेक दिन के गर्ने, कसरी गर्ने र के परिणाम निकाल्ने भन्ने स्पष्ट कार्ययोजना (Action Plan) तयार भइसकेको छ।
सार्वजनिक जवाफदेही:
“मेरो उम्मेदवारी हरेक ३ करोड नेपालीप्रति जवाफदेही हुनेछ,” भण्डारीले भन्नुभयो।
उहाँले जवाफदेहीपन सुनिश्चित गर्न सार्वजनिक प्रतिवेदन, प्रविधि आधारित निगरानी प्रणाली र नागरिक सहभागिता लाई मुख्य आधार बनाउने बताउनुभएको छ।
भिजन २१००: नेपाललाई ‘गरिखाने देश’ बनाउने अभियान भण्डारीको राजनीतिक अभियानको केन्द्रबिन्दु नेपाललाई ‘गरिखाने देश’ बनाउनु हो।
उहाँका अनुसार नेपालले सधैं वैदेशिक रोजगारीमा भर पर्ने अवस्था अन्त्य गर्न अब दीर्घकालीन र प्रविधिमैत्री सोच आवश्यक छ।
मूल दर्शन:
‘पीडा, पसिना र प्रविधि’ लाई संविधान र कानुनका हरेक पानामा संस्थागत गर्ने प्रतिबद्धता।
मिशन विसं २१००:
विसं २१०० सम्म नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाँदै देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने र सम्पूर्ण प्रवासी नेपालीहरूलाई स्वदेशमै सम्मानजनक काम गर्ने वातावरण बनाउने लक्ष्य।
प्रवासी शक्ति:
देशको अर्थतन्त्र, सामाजिक रूपान्तरण र मूल्य–मान्यतामा प्रवासी नेपालीको अग्रणी भूमिका रहेकाले अब प्रवासी नेपालीहरू नै राष्ट्र निर्माणका चालक शक्ति बन्नुपर्ने उहाँको धारणा छ।
१८० देशको प्रतिनिधित्व र दीर्घकालीन नीतिगत सोच
भण्डारीले आफ्नो उम्मेदवारी केवल साउदी अरबको मात्र नभई विश्वका १८० देशमा रहेका प्रवासी नेपालीहरूको साझा प्रतिनिधित्व भएको स्पष्ट पार्नुभएको छ।
उहाँका अनुसार उहाँको जिम्मेवारी प्रवासी नेपालीको पीडा, पसिना, सीप र प्रविधिलाई नेपालको परराष्ट्र नीति, व्यापार नीति (Trade Policy) र समृद्धि रणनीतिसँग जोड्नु हो।
आगामी १००० वर्षसम्म प्रभाव पार्ने दीर्घकालीन दृष्टिका साथ नेपालको संविधान र कानुनलाई समयसापेक्ष, समावेशी र प्रवासीमैत्री बनाउने उहाँको दाबी छ।
मासिक लाखौँको सुविधा त्यागेर, विश्वव्यापी अनुभव, स्पष्ट कार्ययोजना र दीर्घकालीन भिजनसहित राजनीतिमा प्रवेश गरेका भूपाल भण्डारीको उम्मेदवारीले प्रवासी नेपालीलाई केवल ‘रेमिट्यान्स पठाउने वर्ग’ बाट ‘राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्ति’ मा रूपान्तरण गर्ने प्रयासको संकेत गर्दछ।
विसं २१०० सम्मको स्पष्ट लक्ष्य, ३ करोड नेपालीप्रतिको जवाफदेही प्रतिबद्धता र प्रवासी केन्द्रित दृष्टिले नेपाली राजनीतिमा नयाँ बहस, नयाँ सोच र नयाँ दिशाको सुरुआत गर्ने अपेक्षा गरिएको छ।

>










Discussion about this post