इटहरी, सुनसरी ‘सेभ द अर्थ फ्रम ए टू जेड’ (ASEZ WAO) ले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय इटहरीको प्राङ्गणमा नवनिर्मित ‘मेलमिलाप प्रतिक्षालय’ निर्माण गरी हस्तान्तरण गरेको छ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले आफ्नो “हामी एउटै परिवार हौँ” भन्ने मूल भावनाका साथ उक्त प्रतिक्षालय निर्माण गरेको हो।

प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रहरी नायब उपरीक्षक (DSP) सुवास हमाल उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापा लगायत राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा ASEZ WAO का २०० जनाभन्दा बढी स्वयंसेवक सदस्यहरूको उत्साहजनक सहभागिता थियो।

यो वर्ष मात्रै ASEZ WAO ले नेपालका विभिन्न स्थानहरूमा प्रभावकारी गतिविधिहरू सञ्चालन गरेको छ। जसमा मकवानपुर, भक्तपुर, ललितपुर, नेपालगञ्ज, भरतपुर, त्रियुगा, सुन्दरहरैंचा र बुढानिलकण्ठ लगायतका क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएका छन्। यस अघी इटहरीमा शुभ मार्ग टोलमा छिमेकी सहज पुल निर्माण,चन्द्रागिरीमा डस्टबिन वितरण,टिकापुरमा ‘मोम्’स गर्देन्’ प्रोजेक्ट (वृक्षारोपण),ललितपुरमा जिरो प्लास्टिक क्याम्पेन र वातावरण कन्सर्ट,बाँकेमा प्रहरी कार्यालयमा डस्टबिन सहयोग र्सा तदोबाटोमा प्रहरी वृत्तको भवन रङ्गरोगन गरिएको थियो ।


>









Discussion about this post