सिमरा — सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्यानलले ऐतिहासिक क्लीन स्वीप हासिल गरेको छ। चरा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएको रास्वपा बारा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति युवराज न्यौपाने नेतृत्वको प्यानल भारी मतान्तरसहित विजयी भएको हो।

प्रतिस्पर्धी प्यानलहरूलाई दह्रो मतान्तरमा पछि पार्दै न्यौपानेको टिमले अध्यक्षदेखि सदस्यसम्म सबै पद कब्जा गर्न सफल भएपछि सिमरा क्षेत्रमा रास्वपाको जनसमर्थन पुनः एक पटक सशक्त रूपमा उजागर भएको छ।
विजयसहित अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्षमा हरि प्रसाद सिङसङडा, सचिव अमृत बस्याल, सहसचिव कृष्ण कुमार रिमाल, कोषाध्यक्ष राम कुमार अर्याल तथा सदस्यहरू सूर्य सिंह धोबी, जयराम पौडेल, कलपना कुमारी केसी, कृष्णा कुमारी श्रेष्ठ, शान्ता पौडेल र दिनमाया मोक्टान निर्वाचित भएका छन्।

स्थानीय उपभोक्ताले पारदर्शी, जिम्मेवार र जनमुखी नेतृत्वको अपेक्षा गर्दै रास्वपा प्यानललाई ऐतिहासिक जनमत दिएको बताइएको छ।
रास्वपाको प्यानल विजयी भएपछि समर्थकहरूले यसलाई “जनताले पुरानो अस्तव्यस्त व्यवस्थामाथि दिएको कडा जवाफ” का रूपमा लिएका छन्।

>









Discussion about this post