काठमाडौँ — जेञ्जी आन्दोलनको बलिदान, रगत र संघर्षले जन्मिएको भनिएको वर्तमान सरकारले पनि पुरानै शासनशैली दोहोर्याएको आरोप तीव्र बन्दै गएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नै पत्नी सहितका नातेदारलाई सरकारी पदमा नियुक्ति दिएको खुलासा भएपछि आन्दोलनकारीहरू तातेका छन्।

आन्दोलनकर्मीहरूको आरोप छ — “हत्यारालाई फूल अबिरले स्वागत गर्ने, आन्दोलनकर्मीको बलिदान भुल्ने, यही हो परिवर्तनको सरकार?”

जेञ्जीहरूका अनुसार अन्तरिम सरकार अहिले वास्तविक मुद्दाबाट भट्किएर उत्सवमय ‘अबिर जात्रा’मा रमाइरहेको छ। जसका कारण आन्दोलनका अघिल्ला एजेन्डा— न्याय, पारदर्शिता, संरचनागत सुधार र दन्डहीनता अन्त्य— सबै ओझेलमा परेको गुनासो उठेको छ।

आन्दोलन परिचालकहरूले भने, “हाम्रो आन्दोलन सकिएको छैन। नातावाद, भ्रष्टाचार र शक्तिको दुरुपयोग समाप्त नभएसम्म हामी शान्त बस्दैनौँ।”
विशेषज्ञहरूका अनुसार यस प्रकारका विवादास्पद नियुक्तिहरूले सरकारलाई नैतिक रूपमा कमजोर बनाउने र आन्दोलनकर्तासँगको विश्वास गुमाउने खतरा बढाएको छ।

आन्दोलनकारीहरूले सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गर्दै पुनः कठोर कदम चाल्ने चेतावनी दिएका छन्।

>










Discussion about this post