Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

श्रमिकको अधिकार र सुरक्षाबारे सचेतना फैलाउँदै जेद्दा महावाणिज्यदूतावास

अन्जान गुभाजु by अन्जान गुभाजु
७ भाद्र २०८३, आईतवार २०:१५
in प्रवास, समाचार
0
श्रमिकको अधिकार र सुरक्षाबारे सचेतना फैलाउँदै जेद्दा महावाणिज्यदूतावास
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले नेपाली श्रमिकको हकहित, अधिकार र सुरक्षालाई प्राथमिकतामा राख्दै कार्यस्थल तथा श्रमिकको बसोबास क्षेत्रमै पुगेर सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। महावाणिज्यदूतावासको आयोजनामा शुक्रबार, २१ अगस्ट २०२६ मा जेद्दास्थित अल–खुम्रा (ग्विजेन) क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा स्थानीय नेपाली समुदायका अगुवाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।


श्रमिकहरूलाई उनीहरूकै कार्यस्थल तथा बसोबास क्षेत्रमै पुगेर प्रत्यक्ष रूपमा संवाद गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएनएका प्रतिनिधि, स्थानीय सामाजिक संस्थाका पदाधिकारी तथा ठूलो संख्यामा नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साउदी श्रम कानुन, रोजगार सम्झौता, श्रमिकका हक–अधिकार, कर्तव्य तथा कानुनी प्रावधान बारे जानकारी प्रदान गरिएको थियो।


महावाणिज्यदूतावासले साउदी अरबमा श्रमिकका लागि महत्वपूर्ण मानिने ‘अब्सेर’ (Absher) र ‘किवा’ (Qiwa) जस्ता डिजिटल प्रणालीको प्रयोग, अनलाइन सेवाको उपयोग तथा त्यसबाट प्राप्त हुने सुविधाबारे समेत व्यावहारिक जानकारी दिएको थियो। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कोष (SSF) को महत्व, दर्ता प्रक्रिया तथा उपलब्ध सुविधाबारे पनि सहभागीलाई जानकारी गराइएको थियो।


कार्यक्रमलाई केवल जानकारी दिने औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी श्रमिकका वास्तविक समस्या सुन्ने र समाधानका लागि आवश्यक सहजीकरण गर्ने अन्तरक्रियात्मक मञ्चका रूपमा अघि बढाइएको थियो। सहभागी श्रमिकहरूले कार्यस्थल तथा वैदेशिक रोजगारीका क्रममा भोगेका समस्या, जिज्ञासा र अनुभवहरू प्रत्यक्ष रूपमा राखेका थिए। ती प्रश्न तथा समस्यामाथि महावाणिज्यदूतावासका प्रतिनिधिहरूले आवश्यक परामर्श तथा प्रक्रियागत जानकारी प्रदान गरेका थिए।


कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवाहरूको भूमिकालाई समेत विशेष महत्व दिइएको थियो। श्रमिकले भोग्ने सामान्य समस्या स्थानीय स्तरमै पहिचान गरी आवश्यक समन्वय र सहजीकरणमार्फत समाधानतर्फ लैजान समुदायका अगुवाहरू सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो।
श्रमिकसम्म सेवा र सूचना पुर्‍याउने आफ्नो प्रयासलाई महावाणिज्यदूतावासले डिजिटल माध्यममार्फत पनि निरन्तरता दिँदै आएको छ। राहदानी, कन्सुलर सेवा, वैदेशिक रोजगारी तथा अन्य समस्या वा गुनासोका सम्बन्धमा महावाणिज्यदूतावास, जेद्दाको आधिकारिक ह्वाट्सएप नम्बर ०५३१२५४०९९ मा सम्पर्क तथा मेसेज गर्न सकिने जनाइएको छ।


महावाणिज्यदूतावासको कार्यालय Villa No. 33, Qutn Bin Harithah St., Al Muhammadiyah District (1), Jeddah, KSA मा रहेको छ। कार्यस्थलमै पुगेर नेपाली श्रमिकका समस्या सुन्ने, अधिकारबारे जानकारी दिने र आवश्यक सेवामा पहुँच सहज बनाउने महावाणिज्यदूतावासको यस्तो पहललाई साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हितमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Previous Post

साउदीमा नेपाली श्रमिक कामेश्वर साह २० दिनदेखि सम्पर्कविहीन, खोजीका लागि सहयोगको अपिल

Next Post

बाढीपीडितका लागि नेपाली जनसम्पर्क समिति साउदी अरबद्वारा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

Next Post
बाढीपीडितका लागि नेपाली जनसम्पर्क समिति साउदी अरबद्वारा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि नेपाली जनसम्पर्क समिति साउदी अरबद्वारा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal