रियाद । साउदी अरेबियामा वैदेशिक रोजगारीका क्रममा रहेका धनुषाको सबैला नगरपालिका–३, सबैलाका ४२ वर्षीय नेपाली श्रमिक कामेश्वर साह विगत करिब २० दिनदेखि सम्पर्कविहीन भएपछि उहाँको खोजी तथा उद्धारका लागि सहयोगको अपिल गरिएको छ।
साह विगत करिब दुई वर्षदेखि रियादस्थित Saudi Services for Electro Mechanic Works (SSEM) कम्पनीमा लेबरका रूपमा कार्यरत रहेको र कम्पनीले कामको सिलसिलामा उहाँलाई रियादबाट करिब ३००–४०० किलोमिटर टाढा रहेको Al Ahmar क्षेत्रमा पठाएको जानकारी प्राप्त भएको छ। त्यसयता उहाँसँग परिवार, आफन्त तथा सम्बन्धित व्यक्तिहरूको सम्पर्क हुन सकेको छैन।

कम्पनी तथा क्याम्पबाट प्राप्त जानकारीअनुसार साहको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ। तर उहाँ हाल कहाँ र कस्तो अवस्थामा हुनुहुन्छ भन्नेबारे अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन नसकेपछि परिवार तथा आफन्त थप चिन्तित बनेका छन्। उहाँको खोजीका लागि सम्बन्धित कम्पनी, नेपाली समुदाय तथा सरोकारवाला निकायमार्फत आवश्यक पहल र समन्वय गर्न आग्रह गरिएको छ।

कामेश्वर साहको स्थायी ठेगाना धनुषा, सबैला नगरपालिका–३, सबैला रहेको छ। उहाँको पासपोर्ट नम्बर PA3157329 रहेको जनाइएको छ। साहलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएको भए हेल्प मधेसी साउदी अरबका अध्यक्ष श्याम कुमार महतोलाई +966 55360673 मा तत्काल सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

साथै, सम्पर्कविहीन साहको खोजतलास, आवश्यक उद्धार तथा सुरक्षित रूपमा नेपाल फर्काउने कार्यमा नेपाली राजदूतावास रियाद लगायत सम्बन्धित निकायले आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरिएको छ। साउदी अरेबियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले यो सूचना आफ्नो सामाजिक सञ्जाल तथा सम्बन्धित समूहहरूमा अधिकतम शेयर गरी कामेश्वर साहलाई परिवारको सम्पर्कमा ल्याउने अभियानमा सहयोग गरिदिन अपिल गरिएको छ।


>









Discussion about this post