रियाद, साउदी अरब —
साउदी अरबमा क्रियाशील अवैध हुण्डी कारोबार तथा तथाकथित ‘२ नम्बर’ आर्थिक गतिविधिमा संलग्न व्यक्तिहरूको विषयमा नेपाली राजदूतावास, रियाद कत्तिको जानकार छ ? भन्ने प्रश्न फेरि एकपटक सार्वजनिक रूपमा उठ्न थालेको छ।
विदेशमा रहेका नेपाली समुदायबीच यस विषयलाई गम्भीर र सोचनीय मुद्दाका रूपमा लिइँदै आएको छ। आम धारणा अनुसार, यदि सम्बन्धित निकायमा इच्छाशक्ति र स्पष्ट नीति भएमा यस्ता अवैध गतिविधि नियन्त्रण गर्नु त्यति कठिन नहुने बताइन्छ।
तर पछिल्ला दिनहरूमा, कतै यी गतिविधिहरू मौन स्वीकृतिको आडमा त चलिरहेका छैनन् ? भन्ने आशंका पनि बढ्न थालेको छ, जसले राज्य संयन्त्रप्रति विश्वासको प्रश्न खडा गरेको छ। तर पछिल्ला दिनहरूमा, कतै यी गतिविधिहरू मौन स्वीकृतिको आडमा त चलिरहेका छैनन् ? भन्ने आशंका पनि बढ्न थालेको छ, जसले राज्य संयन्त्रप्रति विश्वासको प्रश्न खडा गरेको छ।
नेपाली राजदूतावास, रियाद को सुचना अनौपचारिक रुपमा विप्रेषणको कारोवार (हुण्डी) नगर्नेसम्बन्धी दूतावासको सूचना।

यसैबीच, वैध रूपमा व्यवसाय गर्न चाहने नेपालीहरूका लागि नेपालबाट पूँजी साउदी अरबमा ल्याउने सरल, सुरक्षित र कानुनी माध्यमको अभाव अझै पनि मुख्य चुनौती बनेको छ।
नेपाल सरकार तथा सम्बन्धित निकायहरूले यस विषयमा दीर्घकालीन नीति निर्माण नगर्दा, नेपालीहरू दशकौँसम्म श्रमिककै रूपमा सीमित हुनुपर्ने अवस्था सिर्जना भएको गुनासो छ।
विदेशमा परिश्रम गरेर कमाएको पूँजी नेपालमा लगानी गर्न खोज्दा भोग्नुपर्ने जटिलता र अवरोधहरू सरकारलाई राम्ररी अवगत भए पनि, ठोस समाधान अझै देखिन सकेको छैन।
यस सन्दर्भमा, देश–विदेशमा बस्ने नेपालीहरूबीच “राज्य संयन्त्रभित्रै मौन रूपमा प्रभावशाली माफिया संरचना सक्रिय छ कि ?” भन्ने अनुभूति बढ्दै जानु गम्भीर चेतावनीका रूपमा हेरिएको छ।
अब आवश्यकता छ—
पारदर्शिता, कडाइका साथ अनुगमन, र वैध आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीतिको।
यो केवल आरोपको विषय होइन, देशको आर्थिक भविष्य र प्रवासी नेपालीको अधिकारसँग जोडिएको सार्वजनिक सरोकारको मुद्दा हो।

>










Discussion about this post