काठमाडौं — राजनीतिक विश्लेषक राम भट्टराईले पत्रकार सम्मेलनमार्फत सांसद रवि लामिछानेमाथि भएको कार्यवाहीलाई “खुलामुखी अन्याय र प्रतिशोधी द्वन्द्व” को संज्ञा दिँदै अहिलेको सरकार जनमतसँग पूर्णरूपमा टकरावमा उभिएको आरोप लगाएका छन्।
उनका अनुसार, नेपाली जनताले सर्वाधिक स्वीकार गरेको नेतृत्व अहिले अन्यायपूर्वक जेलमा राखिएको छ भने जनताबाट तिरस्कृत मानिएका व्यक्तिहरू खुलेआम सत्ता र जेन–जीलाई चुनौती दिँदै हिँडिरहेका छन्।
“रविलाई भाद्र २३ मा जेन जी र जनताले सडकबाट बाहीर निकालेका थिए। उनी भाग्ने मान्छे होइनन्। न त उनी विद्यार्थीको टाउको र छातीमा गोली हान्ने अपराधी हुन्। तर आज निर्दोष नेतालाई जेलमा राखिएको छ। यो परिवर्तन हो? यो न्याय हो? यो लोकतन्त्र हो?” भट्टराईको कडा प्रश्न।
विगतका सरकारहरूले बोकेको प्रतिशोध अहिलेको सत्ता प्रबन्धनमा झल्किएको आरोप गर्दै उनले भने, “रविमाथि अन्याय भएको हो भन्नेमा अब दुई मत रहेन। रविलाई भित्र राखेर देशमा निर्वाचन सम्भव देखिन्न।”
भट्टराईले चेतावनी शैलीमा भने, “हिजो पनि जनता सडकमा आएका थिए, भोली पनि आउनेछन्। एक सर्वप्रिय नेताको न्यायका लागि नेपाली जनता मौन रहने छैन।”
यसैबीच राजनीतिक वृत्तमा रविको मुद्दाले जनभावनालाई पुनः सडकमै उत्र्याउने सम्भावनाबारे विश्लेषण चर्किरहेका छन्। जनताबीच ‘जेन जी विद्रोह’को नाममा बनेको सरकार न्यायको कसौटीमा असफल भएको टिप्पणीसमेत सुनिन थालेको छ।

>










Discussion about this post