काठमाडौं — जनताको नाममा राजनीति, गरीबको घर–आवासको नाममा भाषण, समाजवादको नाराले सडक भरिने, तर व्यवहारमा ‘कुटी’को नाउँमा महल उठाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको नयाँ ‘ओली कुटी’ गुण्डुमा निर्माण हुन थालेपछि देशभर आलोचना चर्किएको छ।
एक रोपनी क्षेत्रफललाई ‘कुटी’ लेखिएको छ, तर निर्माण शैली, डिजाइन र खर्चले यो साधारण कुटी नभई भव्य दरबारको रूप लिँदैछ। देश लुटिएको सम्पत्तिको प्रयोग गरेर दरबार बनाउने तर नाम भने ‘कुटी’ राख्ने प्रपञ्चलाई नागरिकले राजनीतिक धोका र नंगो व्यंग्यको रूपमा लिएका छन्।

गरीब जनतालाई ‘सादा जीवन, उच्च विचार’को पाठ पढाउने कम्युनिस्ट नेता आज आफ्नो निजी जीवनलाई विलासी दरबारमा बदलिरहेका छन्। हिजो झोला बोकेर ‘जनताको घर’को कथा सुनाउनेहरूले आज मलाईनजस्तै ‘महलमा बस्ने सुविधा’लाई नै क्रान्ति ठानेको जस्तो देखिन्छ।
दुई तस्वीरले प्रश्न उठाएको छ —
पहिलो कुटी : नेता, पार्टी, सत्ता र सम्पत्तिसहितको ‘समाजवादी महल’।
दोस्रो घर : गरीब जनताको खर, माटोको छानो, उज्यालोको सपना, र दिनदिनै संघर्ष।
यही गरिब जनताको नाममा राजनीति गर्ने मानिसले आज ‘कुटी’को नाममा दरबार उठाउँदैछन्। समाजवाद कहाँ छ ? बराबरी कहाँ छ ? न्याय कहाँ छ ?
देश लुट्ने, ठेक्का, कमीशन र सत्ता दुरुपयोगको पैसाले उठाइएको ‘कुटी’ले जनतालाई के सन्देश दिन खोजेको हो ?
— “तिमीहरू समाजवाद सुन, हामी महल बनाउँछौं ?”
जनताको घर कहिले ‘एक रोपनीको कुटी’ जस्तै बन्न पाउँछ ?
कम्युनिस्ट पार्टीले खोलामा धोइदिएको नाराबाट समाजवादको खरानी बाहिर आएका छैनन्, तर ‘भव्य कुटी’हरू मज्जाले उम्रिरहेका छन्।
क्रान्तिको नाममा सत्ता, समाजवादको नाममा महल — यही नवीनतम कम्युनिस्ट मोडल हो।

>










Discussion about this post