काठमाडौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढिरहेको छ
यस्तैमा लोकदोहोरीमा फरक पहिचान बनाउन सफल गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा अनु पराजुली र लोमश शर्मा फिचर्ड छन्। सुजन श्रेष्ठले खिचेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका हुन्। भिडियो एक्सन फिल्म्सको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गायक अधिकारीको यसअघिको ‘ओइ सानी’ ,’ओइ माया’ ‘छड्के तिलहरी ‘ र ‘हामी नेपाली’ गीतहरु दर्शकले अत्यधिक मन पराएका थिए।

>







Discussion about this post