सिजन ३ सम्ममा निर्णायक भएका न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी ग्यालेक्सी फोके प्ररसारणमा आउन लागेको अर्को रियलिटी शो सारेगामाप लील च्यामस आबध भए पछी नेपाल आइडल सिजन-४ मा निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान आएका छन । साथै होस्टको रुप टीकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । अब आसिफ शाह र् रेस्मा घिमिरेले शो होस्ट गर्ने छन । एक कर्यक्रमका बिच नेपाल आइडल सिजन-४ का निर्णायक सार्वजनिक गरिएको हो । निर्णायकमा शम्भूजित बाँस्कोटाले नेपाल आइडलमा आउने आफ्ना सपना पुरा भएको भने गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।
डिसेम्बर महिना बाट एपी वानमा प्रसारणमा नेपाल आइडल सिजन-४ को डिजिट्ल अडिसन चलिरहेको छ् । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन्। ‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसनका लागि प्ले स्टोरमा गएर एपी अन एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी मागिएको विवरण भर्नुपर्नेछ। साथै आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।
भदौ १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।

>









Discussion about this post