वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका बाँके जिल्ला डुडुवा गाउँपालिका–५, रङ्गिताल निवासी हर्कबहादुर मगरको असामयिक निधन भएको छ। २७ वर्षीय मगर मलेसियास्थित पेनाङ शहरको J.P. PRINTERS SDN. BHD. कम्पनीमा कार्यरत थिए।

प्राप्त जानकारीअनुसार, जेठ ३१ गते बिहान ड्युटी जाने तयारी कोठा का साथीहरू सङ्है भैरहेको थियो साथीहरू सङ्है उनीले केही फलफुल र भिजाइएको चना खाएर तयार भइरहेका हर्कबहादुरले आफ्नो साथीहरूलाई “तिमी जाँदै गर, म पनि आउँदैछु” भनेका थिए।
तर, १०–१५ मिनेटपछि रात्रि ड्युटी सकेर फर्किएका अर्का साथीले उनलाई छटपटाइरहेको अवस्थामा फेला पारेका थिए। साथीहरूले तत्काल नजिकको मेडिकल सेन्टर पुर्याए पनि उनको अवस्था भने गम्भीर नै थियो। मेडिकलमा पुर्याउँदा हातखुट्टा नचल्ने र अलिअलि होसमा रहेको बताए ।

उपचारका क्रममा असार २ गते दुर्भाग्यवश चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। मेडिकल रिपोर्टअनुसार, हर्कबहादुरको उच्च रक्तचाप (प्रेसर) को कारणले हृदयघात भई उनको निधन भएको बताए |

उनका नजिकका साथीहरूका अनुसार, यो भन्दा अघि उनिलाइ मुटुमा समस्या रहेको पनि बताए का छन | हृदयघात सम्बन्धी समस्या पनि देखिएको थियो। उनी अत्यन्तै मिलनसार र जिम्मेवार स्वभावका थिए, साथीहरूका अनुसार सधैं एकैसाथ ड्युटी जाने गर्थे। मलेसिया पुगेको दुई वर्ष पार गरिसकेका हर्कबहादुर हाल तेस्रो वर्षमा थिए। कम्पनीको नियमअनुसार, दुई वर्ष पूरा भएपछि घर फर्कन मिल्ने व्यवस्था भए पनि उनी अझ एक वर्ष थप गरेर आउँदो दशैँ–तिहारमा घर फर्कने योजना बनाइरहेका थिए। भर्खरको उमेर, उज्वल भविष्य र परिवारको सुखद सपना बोकेर मलेसिया पुगेका हर्कबहादुरको निधनले परिवार, आफन्त, साथीभाइ र सम्पूर्ण नेपाली समुदायलाई गहिरो पीडा पुर्याएको छ। पारिवारिक पृष्ठभूमि उनी आफ्नो परिवारका बुबा, आमा, श्रीमती, र ७ वर्षीया छोरीका आशा बोकेर वैदेशिक रोजगारीमा गएका थिए। साथै उनका एक दिदी र एक दाजु पनि छन्, जसमा दाजु हाल कतारमा कार्यरत छन्। आफ्नो परिवारको आर्थिक सुधार र छोरीको उज्वल भविष्यको सपना साँचेर मलेसिया गएका हर्कबहादुरको निधनले परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। हाल उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको छ। हार्दिक श्रद्धाञ्जली।शान्ति प्राप्त होस् हर्कबहादुरको आत्मालाई। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।

>









Discussion about this post