काठमाडौं ।
निर्देशक कृषा चौलागाईं को निर्देशनमा बन्ने बहुप्रतिक्षित नेपाली चलचित्र ‘जहाजैमा’ मा जापानी प्रतिभाशाली अभिनेत्री Razel Ichimiya अनुबन्धित भएकी छिन्।
चलचित्र ‘जहाजैमा’ मार्फत नेपाली चलचित्र उद्योगमा पाइला राख्न लागेकी Razel Ichimiya को अभिनय कौशल, अन्तर्राष्ट्रिय अनुभव र आत्मीय उपस्थितिले फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने निर्देशक चौलागाईंको विश्वास छ।

“Razel को अभिनयशैली र अभिव्यक्तिको गहिराइले यो कथालाई जीवन्त बनाउनेछ। जहाजैमा केवल चलचित्र होइन, यो नेपाल र जापानबीचको भावनात्मक सम्बन्ध र सांस्कृतिक सेतु हो,” निर्देशक चौलागाईंले भनिन्।
चलचित्रको अन्य प्रमुख कलाकारहरूको नाम पनि चाँडै सार्वजनिक गरिने बताइएको छ। निर्देशक चौलागाईंका अनुसार, कथा अनुसार उत्कृष्ट कलाकारहरूको टिम तयार भइरहेको छ, जसले फिल्मलाई अविस्मरणीय बनाउनेछ।
नेपाल र जापानबीचको सम्बन्धलाई चलचित्रको माध्यमबाट चित्रण गर्ने उद्देश्यसहित निर्माण हुन लागेको ‘जहाजैमा’ लाई लिएर दर्शकमाझ उच्च उत्सुकता देखिएको छ।
Discussion about this post