भारतीय सुपरस्टार प्रभासको नयाँ फिल्म ‘द राजा साब’ को टिजर सार्वजनिक भएको छ। दर्शकहरूबीच ठूलो उत्सुकता रहेको यो फिल्ममा प्रभास पहिलोपटक हरर कमेडी विधामा देखिँदै छन्।
२ मिनेट २८ सेकेन्ड लामो टिजरको सुरुवात एक डर लाग्दो जंगलको किल्लाबाट हुन्छ, जहाँ एक रहस्यमयी संवाद सुन्न सकिन्छ:
“यो घर मेरो शरीर हो, यहाँको धन मेरो आत्मा हो, म गएपछि यसको आनन्द लिनेछु।”

टिजरमा ‘कल्की २८९८ एडी’ को प्रभास झल्कन्छन् भने केही दृश्यहरू रजनीकान्तको शैलीसँग मिल्दोजुल्दो देखिन्छन्। टिजरमा डरलाग्दा झलकसँगै प्रभासको कमेडी अवतारले दर्शकलाई अचम्ममा पार्छ।
फिल्मको भव्यता र उत्तम VFX प्रयोगले टिजरलाई झनै आकर्षक बनाएको छ।
‘द राजा साब’ आगामी डिसेम्बर ५, २०२५ मा हलहरूमा रिलिज हुने बताइएको छ।
टिजर तल्ल लिन्क मा

Discussion about this post