मानव अधिकार एवं अपराध नियन्त्रण व्यूरो छत्तिसगढमा आयोजित एक कार्यक्रममा इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रमकी सस्थापिका सुश्री गिता गौतमलाई नारी रत्न अवार्ड बाट सम्मान गरेको छ | त्यस्तै अर्को सम्मान इटहरीका नृत्य निर्देशक तथा कलाकार तुलसी घिमिरे (समर्पण) छत्तिसगढ कला रत्न अवार्डबाट सम्मानित भएका छन् ।

उक्त कार्यक्रममा प्रस्तुत भएका नृत्यहरु नेपालको लोक नृत्यलाई प्रतिनिधित्व गर्दै पूर्वेली मारुनी ,पश्चिमेली कौडा र नेपाली राष्ट्रिय गितलाई भारतीय दर्सकले आत्याधिक मन पराएका नृत्य निर्देशक घिमिरेले जानकारि गरएका छन। नृत्य गर्नेहरुमा आश्रमकी सेन्चु गौतम, कृस्ण गौतम, भारती, युनिसा, प्रीतिका ,लिजा गौतम संगै अन्य थुप्रै नेपाली कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको तर्फबाट गायन विद्यामा नेपाली कैलाश खेर भनेर चिनिने अनिस परियारको पनि बेजोड प्रस्तुती रहेको थियो |

उत्तकार्यक्रममा घिमिरे स्वयमले पनि नेपाली तथा हिन्दी गितहरुमा गायन तथा नृत्य प्रस्तुत गरेका थिए अनिश र घिमिरेको प्रस्तुतिले भारतिय दर्सक माझ लोक पृयता पाएको आश्रम कि सस्थापिका गिता गौतम ले बताएकि छन । सम्मानित गौतमले यस अघि पनि भारतको दिल्लीबाट दक्षिण एसियाली नेशनल मण्डला ह्युमेन राईट्स संगै अन्य थुप्रै देशहरुले आयोजना गरेको कार्यक्रममा अन्य थुप्रै अवार्डहरुबाट सम्मानित भएकी थिइन । उनिसंगै आश्रमका अध्यक्ष राजेन्द श्रेष्ठ पनि सम्मानित भएका हुन । सम्मानितश्रेष्ठ इटहरीमा शैक्षिक क्षेत्रहरु संगै सामाजिक संघ संस्थामा सक्रिय हुदै आएका उनि एक कुसल निर्माता पनि हुन् उनले यस अघी निर्माण गरेको चलचित्र धुन, त्रिपासा र मनै त हो जस्ता फिल्म नेपाली दर्शक स्रोता माझ श्रेष्ठले दिइसकेका छन् ।


Discussion about this post