मिति २०८२ साल साउन १ गते, कोहलपुर-नेपालगञ्ज सडकखण्डअन्तर्गत हवल्दारपुर चोकमा ट्राफिक चेकजाँचको क्रममा लागु पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने चार जना चालक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र UNOPS (SARA) नेपालको संयुक्त सहकार्यमा गरिएको चेकजाँच कार्यक्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको हो।

चेकजाँच कार्यमा प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले सडक सुरक्षामा चुनौती बन्न सक्ने यस्तो कार्य रोक्नका लागि सक्रियता देखाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चारै जना चालकहरूमाथि आवश्यक कानुनी कारवाही अगाडि बढाइएको छ।

प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियम पालन गर्न, लागु पदार्थ सेवन नगरी गाडी चलाउन र सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरेको छ।



Discussion about this post