Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीको पूर्वी क्षेत्र तमिमी अबकैक्याम्पमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ जेष्ठ २०८३, सोमबार २३:४८
in प्रवास, मनोञ्जन, समाचार, समाज
0
साउदीको पूर्वी क्षेत्र तमिमी अबकैक्याम्पमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

दम्माम, साउदी अरब । -अन्जान गुभाजु
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसर पारेर साउदी अरेबियाको पूर्वी क्षेत्र दम्मामस्थित दोस्रो औद्योगिक क्षेत्रमा नेपाली खेलाडीहरूबीच खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

तमिमी ग्लोवल स्पोर्ट्स क्लबको आयोजनामा आगामी २०८२ जेठ १२ गते (२६ मे २०२६) मंगलबार प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता दम्मामको तमिमीको नयाँ शिविर क्षेत्रअन्तर्गत रहेको औद्योगिक क्षेत्रमा आयोजना गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूलाई समयमै टिम दर्ता गराउन आग्रह गरिएको छ । खेल बेलुकी ८ बजे देखी सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई दुई हजार साउदी रियालसहित ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै दोस्रो हुने टोलीले एक हजार साउदी रियालसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई पाँच सय साउदी रियालसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको टिम दर्ता शुल्क तीन सय साउदी रियाल निर्धारण गरिएको छ । खेललाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन विभिन्न नियमहरू लागू गरिएको आयोजकको भनाइ छ । दर्ता भएका खेलाडी मात्र प्रतियोगितामा सहभागी हुन पाउने, खेल अवधिभर अनिवार्य रूपमा टोलीको पोशाक लगाउनुपर्ने तथा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ ।

प्रतियोगितालाई सफल बनाउन टोली व्यवस्थापक दीपक कुमार बस्नेत, प्रशिक्षक इन्द्र थापा, टोली कप्तान विकास तामाङ तथा संयोजक सुमन राई सक्रिय रूपमा जुटिरहेका छन् ।

साउदी अरबमा रहेका नेपाली युवाहरूबीच खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ बनाउने, एकता अभिवृद्धि गर्ने तथा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

बकर ईदको सार्वजनिक बिदाको अवसरमा साउदी अरेबियाका विभिन्न शहरहरूमा रहेका नेपाली समुदायले खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने क्रमसमेत बढ्दै गएको छ ।

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) प्रवास नेपाली सम्पर्क समिति रियादको दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

Next Post

इटहरीमा प्रथम जुनियर इटहरी नगरस्तरीय (आई.टि.एफ.) तेक्वान्दो प्रतियोगिता हुने

Next Post
इटहरीमा प्रथम जुनियर इटहरी नगरस्तरीय (आई.टि.एफ.) तेक्वान्दो प्रतियोगिता हुने

इटहरीमा प्रथम जुनियर इटहरी नगरस्तरीय (आई.टि.एफ.) तेक्वान्दो प्रतियोगिता हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal