काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा तीव्र गतिमा अघि बढेको नेतृत्वले जनाएको छ। ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन ४३ दिन र १६५ जना प्रत्यक्ष उम्मेदवारले मनोनयन दर्ता गर्न ६५ दिन मात्र बाँकी रहेका बेला पार्टी भित्रका निर्णयहरू अत्यन्तै संवेदनशील र निर्णायक बन्दै गएको बताइएको छ।

रास्वपाका नेता बीपिन कुमार आचार्य का अनुसार पार्टीले कुल २७५ जनालाई निर्वाचनमा पठाउने हो, यही निर्णयले आगामी चुनावी परिणामलाई प्रत्यक्ष प्रभाव पार्नेछ।
“काम धेरै छ, समय साँच्चै कम छ। अब अझै दृढ र जिम्मेवार बन्नुपर्ने बेला आएको छ,” आचार्यले भने। उनका अनुसार रास्वपाका लागि चुनावसम्मका हरेक दिन, हरेक निर्णय र हरेक कदमले पार्टीको मात्र होइन, समग्र देशको भविष्य नै निर्धारण गर्नेछ।

आचार्यले पार्टीभित्र भइरहेको ‘रिफर्म’ बहसलाई स्वाभाविक भने पनि उम्मेदवार छनोट प्रक्रिया नै मूल र निर्णायक मुद्दा भएको स्पष्ट पारे।
“रिफर्मका अरू सबै कुरा तपसिल हुन्। तपाईंले कुन विधिबाट कस्ता व्यक्तिहरूलाई संसदमा पठाउनुहुन्छ, त्यो नै प्रधान हो,” उनले भने।

रास्वपाले देशभरका सदस्य तथा कार्यकर्तालाई एकीकृत रूपमा काममा जुट्न, प्रक्रिया पारदर्शी र समयमै पूरा गर्न आह्वान गरेका छन ।

>









Discussion about this post