चलचित्र ‘१२ गाउँ’ को एक्सनले भरिएको टिजर सार्वजनिक भएको छ । टिजरमा नायक विराज भट्ट र उनका छोरा समीर भट्टको एक्सन अवतार हेर्न सकिन्छ । यस चलचित्र नायक विराज भट्ट आफैले निर्देशन गरेका हुन । सार्वजनिक टिजरमा समीरको संवाद भने समावेश छैन । यो फिल्मबाट पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिसा भट्टराईले डेब्यू गर्दैछन् ।
टिजरमा उनीहरुको पनि केही झलक हेर्न पाइन्छ । साथमा फिल्ममा मुरलिधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भीष्म जोशी, सुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट सिल्भाको अभिनय छ ।
यो फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविन केएल र भूपेन्द्र अधिकारीको सम्पादन, विराज भट्टको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद छ । एक्सन थ्रीलर कथामा तयार भएको फिल्मको छायांकन काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौडामा गरिएको छ ।

>









Discussion about this post