Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कास्की आदर्श समाज बहराईनको दोस्रो बार्षिक साधारण सभा एबं प्रथम राष्ट्रिय अधिबेशन सम्पन्न।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ भाद्र २०७८, मंगलवार २३:१०
in पत्रपत्रिका, प्रवास, संघ, समाचार, समाज
0
कास्की आदर्श समाज बहराईनको दोस्रो बार्षिक साधारण सभा एबं प्रथम राष्ट्रिय अधिबेशन सम्पन्न।
29
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

कस्केलीकाे एकता आजको अपरिहार्यता, समाजसेवा र बिकासमा हाम्रो सहभागिता” भन्ने मूल नाराका साथ मिती ०५ जुलाई २०१९ का दिन स्थापित बहराईनमा कार्यरत सम्पूर्ण कस्केलिको साझा चौतारी कास्की समाज बहराईकाे दोश्रो बार्षिकोत्सव तथा प्रथम राष्ट्रिय अधिबेशन यहि मिति १३ अगस्ट २०२१ तदनुसार बि. सं. २०७८ श्रावण २९ गते शुक्रवारका दिन बहराईनको मानमा स्थित CITY POINT HOTEL मा सम्पन्न भएकोछ । अनलाइन ZOOM मार्फत भएको उक्त कार्यक्रम समाजका संस्थापक अध्यक्ष श्री प्रेम बहादुर क्षेत्री ज्यूको सभापतित्व तथा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री गोविन्द प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन समाजका महासचिव देवेन्द्र गिरीले गर्नुभएको थियो।

कार्यक्रमको शुभारम्भ राष्ट्रिय धुन बजाउँदै कार्यक्रमका सभापति तथा हलमा उपस्थित सम्पूर्ण अतिथिहरुले सामूहिक रुपमा पानसमा दियो बालेर गर्नुभएको थियो भने अतिथिगणहरुलाई स्वागत गर्दै समाजका प्रथम उपाध्यक्ष श्री पूर्ण बहादुर परियारले स्वागत मन्तव्य राख्नुभएको थियो। समाजका प्रमुख सल्लाहकार श्री शिवशंकर आचार्य ज्यूले समाजको गठन देखि हालसम्मको संक्षिप्त चिनारी प्रष्ट्याउँदै आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो। खुला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न कार्यक्रममा समाजका महासचिव देवेन्द्र गिरीले संस्थाको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष राम प्रसाद सुनारले संस्थाको आय व्यय (आर्थिक प्रतिवेदन ) प्रस्तुत गर्नुभएको थियो।

शुभकामना मन्तव्यकाे क्रममा कार्यक्रमका प्रमुख अतिथि विशेष तथा अन्य अतिथि ज्यूहरूले कास्की समाज बहाराइले स्थापनाको छोटो समयमै धेरै उल्लेख्य सामाजिक तथा परोपकारी कामहरू गर्नुका साथै आफ्नो गृह जिल्लामा कोरोना महामारी रोकथाम तथा उपचारका लागि महत्वपूर्ण सहयोग गरेको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो।

पहिलो सत्र (खुला सत्र) काे अन्तमा कार्यक्रमका सभापती तथा अध्यक्षले कास्की आदर्श समाज बहराइनको निमन्त्रणालाई स्विकार गरि आफ्नो व्यस्त समयका बावजूद पनि गरिमामय उपस्तिथी जनाउनु हुने कास्की समाज अन्तरास्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा प्रमुख अतिथि श्री गोविन्द प्रसाद पौडेल ज्यू, उपाध्क्षय ज्युहरु, महासचिब हंसराज ढकाल ज्यू सचिव केदार कुँवर ज्यू विभिन्न क्षत्रिय संयोजक तथा उपसंयोजक र अन्य पदाधिकारी ज्यूहरु, कास्की आदर्श समाजका विभिन्न राष्ट्रका राष्ट्रिय समन्वय समितिका अध्यक्ष ज्यूहरु साथै बहराईनबाट सहभागिता जनाउनु भएका अतिथि ज्यू नेपाली क्लब बहराईनका अध्क्षय श्री कमल श्रेष्ठ ज्यू र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराईनकी अध्क्षय श्री लक्ष्मी गिरि ज्यू लगाएत प्रविधिमार्फत सहभागिता जनाउनु हुने सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक धन्यबाद दिँदै संस्थाको पहिलो कार्यकाल २०१९-२१ मा सहयोग गर्नुहुने सम्पूर्ण कस्केली दाजुभाइ तथा दिदीबहिनीहरु र अन्य गैर कस्केली समाजसेवी ज्यूहरु प्रति आभार प्रकट गर्दै पहिलो चरणको औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो।

त्यसैगरी अधिबेशनकाे दोश्रो चरण (बन्द सत्र) को कार्यक्रममा संस्थाको संशोधित विधान प्रस्तुत गरी पारित गरिएको थियो। भने तत्पश्चात निर्वाचन समितिका संयोजक श्री शंकरमान गुरुङ्ग ज्यू अगाडिको प्रक्रिया शुरू गर्दै आगामी कार्यकाल २०२१-२३ का लागि समाजका संस्थापक अध्यक्ष श्री प्रेम बहादुर क्षेत्री ज्यूको नेतृत्वमा सर्वसम्मत रुपमा निम्नानुसारको २१ सदस्यीय कार्यसमिति चयन गरेको घोषणा गर्नुभएको थियो।

१. अध्यक्ष – प्रेम बहादुर क्षेत्री
२. प्रथम उपाध्यक्ष- पुर्ण बहादुर परियार
३. द्वितीय उपाध्यक्ष – तिर्थ बहादुर भण्डारी
४. तृतीय उपाध्यक्ष – बिष्णु भुजेल
५. महासचिव – देवेन्द्र गिरी (देव)
६. सचिव – रविराज पौडेल
७. कोषाध्यक्ष – कमल कुँवर
८. सह सचिव – सन्तोष अधिकारी
९. सह कोषाध्यक्ष – अणराज पौडेल

कार्यसमिति सदस्यहरु:

१०. कमल प्रसाद आचार्य
११. युवराज बराल
१३. मान बहादुर पौडेल क्षेत्री
१४. लक्ष्मी क्षेत्री
१५. सञ्जु सुनार
१६. मिना मिजार
१७. दुर्गा सुनार
१८. जीत बहादुर परियार
१९. सन्तोष तिमल्सेना
२०. राम बहादुर थापा
२१. धन बहादुर गुरुङ्ग

कार्यक्रमको अन्तमा नव निर्वाचित अध्यक्षले २०१९-२१ कार्यसमिति सल्लाहकार समिति तथा समाजका अग्रज अभियान्ता ज्यूहरुले आफूप्रति विश्वास र भरोसा गरी पुनः एक कार्यकाल नेतृत्व गर्ने अवसर र जिम्मेवारी प्रदान गर्नुभएकोमा सबैमा कृतज्ञता प्रकट गर्दै समाज गठनको मर्म, भावना अनुसार उद्देश्य प्राप्तिका लागि नव निर्वाचित कार्यसमिति लगाएत बहराईनमा बसोबास गर्ने सम्पूर्ण कस्केली दाजुभाइ दिदीबहिनीहरु एकजुट भएर लाग्नेमा आफू विश्वस्त रहेको बताउँदै अधिवेशन सफल तरिकाले सम्पन्नगर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावरुलाई एकमुष्ठ धन्यबाद दिँदै कार्यक्रमको समापन गर्नुभयो।

Previous Post

सहारा कार्की को अन्तिम फिल्म हो ‘दर्पण छायाँ २’ ?

Next Post

‘बाटुली’मा छुच्ची सासु बनिन् मौसमी मल्ल

Next Post
‘बाटुली’मा छुच्ची सासु बनिन् मौसमी मल्ल

‘बाटुली’मा छुच्ची सासु बनिन् मौसमी मल्ल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal