रियाद (साउदी अरब), असोज २९ । साउदी अरबमा कार्यरत नेपाली समुदायबीच कला, संस्कृति र एकताको सन्देश फैलाउँदै सिर्जना सांस्कृतिक समूहले यस वर्ष पनि “शुभदीपावली शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम” भव्य रूपमा आयोजना गर्ने भएको छ।
कार्यक्रम यही अक्टोबर २४ तारिखका दिन, रियादस्थित होटल यास्मिन (बथा) मा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ। यस कार्यक्रममार्फत साउदीमा रहेका नेपाली समुदायबीचको भाईचारालाई अझ मजबुत बनाउँदै, स्थानीय कलाकारहरूबाट विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिनेछ।
सिर्जना सांस्कृतिक समूहका अनुसार, “२०११ सालदेखि निरन्तर नेपाली कला, संस्कृति र सिर्जना जोगाउने अभियान” अन्तर्गत यो कार्यक्रम चौथो अधिवेशनको अवसरमा आयोजना गरिएको हो। अधिवेशनमा कला, संस्कृति र सिर्जनामा आबद्ध हुन इच्छुक व्यक्तिहरूले समूहसँग सम्पर्क गरी सदस्यता लिन सक्ने जनाइएको छ।
समूहका पदाधिकारीहरूले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
स्थान: होटल यास्मिन, रियाद, बथा
मिति: २४ तारिख
समय: दिउँसो १२ बजेदेखि साँझ ७ बजे सम्म
सम्पर्क व्यक्ति:
अमृत पौडेल – 056 056 4003
दीपक रेग्मी – 059 984 1724
नागेश तामाङ – 054 130 7153
कमल शाहि – 053 978 1398
भीम बिश्वकर्मा – 057 024 0353
संजोक पाण्डे – 054 413 1826
राज चेम्जुङ लिम्बु – 054 506 0749
लाल सिर्पाली – 057 538 4157
राज यात्री – 059 796 4642
अमृत घिसिङ – 057 052 0332

Discussion about this post