दम्माम (साउदी अरब) — गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरब पूर्वी क्षेत्रीय समन्वय समितिको आयोजनामा हरितालिका तीज २०८२ को विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
अगस्त २९ तारिखका दिन दम्मामस्थित कतिफमा सम्पन्न कार्यक्रम विविध सांगीतिक र सांस्कृतिक प्रस्तुतिले भरिपूर्ण बनेको थियो।
कार्यक्रममा लोकप्रिय नेपाली गायिका सुनिता दुलालले आकर्षक प्रस्तुति दिएकी थिइन् भने साउदी अरबमा क्रियाशील स्थानीय कलाकारहरूले पनि विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
विशेष व्यवस्था
प्रवेश शुल्क पूर्णतया निःशुल्क
सहभागीहरूको सुविधाका लागि खोबर–दमाम हुँदै कार्यक्रम स्थलसम्म निःशुल्क बस सेवा
आयोजकहरूले कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदान–प्रदानलाई थप प्रगाढ बनाएको बताएका छन्।
कार्यक्रमका सम्पूर्ण तस्बिरहरू हाम्रो न्यूज पोर्टल www.nepalok.com साथै NepalokTv र Lal Entertainment फेसबुक पेजमार्फत हेर्न सकिनेछ।


























































































































































































>










Discussion about this post