साउदी अरब को यान्बु मा नेपाली महाबाणिज्य दुतावास जेद्दाको पासपोर्ट नविकरण, बितरण, श्रमिक सचेतना तथा समस्या निराकरण सम्बन्धि एक दिने कार्यक्रम सेप्टेम्बर १२ मा सम्पन्न भएको छ।
नेपाली सेवा समिति – यान्बु, साउदी अरब को सहजिकरण मा भएको कार्यक्रममा नियोग प्रमुख पारस पण्डित ले श्रमिक को समस्या, समाधान तथा सचेतनामुलक जानकारी गराउनुभयो।

भौगोलिक रुपमा दुर्गम दुताबास जान समय र पैसा दुबै खर्च हुने भएकोले आफ्नै ठाउँमा सेवा लिन पाउदा खुशी लागेको सहभागी एक सेवाग्राही ले बताए । समिति कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले आगामी दिनमा पनि यस्ता कार्यक्रम राख्न महाबाणिज्य दुतावास लाई आग्रह गर्दै दुतावास तथा स्वयंसेवक लाई धन्यवाद ज्ञापन गर्नु भयो।

यान्बु, रबिक, मदिना, अल वाज, दुबा, रेड सी लगाएत का क्षेत्रबाट आएका १६१ जनाले पासपोर्ट नविकरण का लागि लाईभ ईनरोल्मेण्ट आवेदन दिएको कार्यक्रममा महाबाणिज्य दुतावास प्रमुख पारस पण्डित, दुत शुवास यादव, राजु बास्कोटा, शुरेस पण्डित, सुमन वाग्ले लगाएतको उपस्थित रहेको थियो। कार्यक्रम मा नव नियुक्त महावाणिज्य दुतावास प्रमुख शूरेस पण्डित लाई पुष्प गुच्छा र दोसल्ला ओडाएर स्वागत गरिएको थियो।

Discussion about this post