नयाँ वर्षको दिन अर्थात् आज बक्स अफिसमा फिल्म ‘पिताम्बर’ आक्रामक देखिएको छ । आज देशैभरका हलमा उच्च अकुपेन्सीका साथ फिल्मले व्यापार गरिरहेको छ ।
आज मात्र फिल्मले १ करोड माथिको ग्रस कलेक्शन गर्न सक्ने देखिएको छ । काठमाडौं भित्र र बाहिरका हलमा दर्शकको उच्च अकुपेन्सी भएपछि प्रदर्शकहरुले शोज समेत बढाएका छन् ।
कृषा चौलागाईंको निर्देशनमा तयार भएको यो फिल्मको वर्ड अफ माउथ पनि उच्च छ । जसकाकारण, फिल्म हेर्नका लागि नयाँ वर्षमा दर्शक उर्लिएका हुन् ।
विशाल चौलागाईंको लगानीमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, दिव्य देव, रविन्द्र झा, आर्यन सिग्देल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको डीओपी, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन छ । फिल्मको मेकिङ, कथावस्तु, प्रस्तुति, एक्सन, व्याक ग्राउन्ड म्युजिकलाई दर्शकले निकै मन पराएका छन् । जसकाकारण पनि फिल्मको व्यापार आज आक्रामक देखिएको हो । भोलिबाट पनि फिल्मले दर्शकको उच्च साथ पाउने विश्वास गरिएको छ ।

>









Discussion about this post