Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न (सूचिसहित)

रबिन राउत by रबिन राउत
२८ कार्तिक २०७८, आईतवार २१:४०
in प्रदेश नं ३, मनोञ्जन
0
तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न (सूचिसहित)
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।
अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उहाँलाई सम्मान गर्नुभएको थियो । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो ।
त्यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ८४८ रुपैयाँसहित सम्मान गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मान हिमालय टाइम्स दैनिकका कृष्ण भुसाल, टिभी फिल्मीका विष्णु सुवेदी, म्युजिक खबरका सुमन पण्डित र शिवराम भण्डारीलाई प्रदान गरिएको थियो । कार्यक्रममा गायिका रमिला न्यौपाने, प्रकाश दुतराज, निशु झा, डब्बु क्षेत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन, रञ्जना कार्की, दुर्गा काफ्ले, गोविन्द कँडेल, माधव खरेल लगायतकालाई सम्मान गरिएको थियो ।
समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भाव गायक नितिन गजुरेललाई ‘म जन्मेको देश’बाट अवार्ड प्रदान गरिएको थियो भने ‘नेपाल आमा’गीतबाट टेक तमाङलाई गीतकारको अवार्ड प्रदान गरिएको थियो ।

यस्तै चलचित्रतर्फ सर्वोत्कृष्ट गायकमा निशान भट्टराई ‘मेरो माया के हो’ सर्वोत्कृष्ट गायिका जिना रसाइली ‘कुन मायाको साइनो’ सर्वोत्कृष्ट गीतकार अर्जुन भट्टराई ‘जीवन जात्रा हो’ र सर्वोत्कृष्ट संगीतकार दीपक शर्मालाई ‘माया जदो’बाट अवार्ड दिइएको थियो ।
यस्तै आधुनिक गीततर्फ सर्वोत्कृष्ट गायकमा कन्यैया सिंहले ‘जुन गीत सुनेर’, जुरीमा रामभक्त जोजिजुले ‘मायालाई ढाका पछ्यौरी’, पब्लिक च्वाइसमा कौशलराज खड्का ‘यति धेरै माया’बाट अवार्ड चुम्न सफल भए । त्यसैगरी सर्वोत्कृष्ट गायिकामा विद्या तिवारीले ‘तीन पाते’, जुरीमा मञ्जु थापाले ‘माया मुरी मुरी’बाट अवार्ड प्राप्त गर्न सफल भए ।
त्यस्तै सर्वोत्कृष्ट गीतकार पुरुषमा चन्द्रप्रसाईं परिस्कृतले ‘पुरानो घाउ’, जुरीमा भीष्मराज फुलाराले ‘म मरे भने’ र पब्लिक च्वाइसमा कमलराज केसीले ‘कसको मुटु कति दुख्छ’बाट अवार्ड प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट गीतकार महिलामा पुष्पा खनाल ‘माया केवल’, डायस्पोरामा सावु रवि ‘अरूको बन्न सकिन’ले अवार्ड पाए ।
त्यसैगरी सर्वोत्कृष्ट नव गीतकारमा विवि थापा ‘क्षितिज’ले ‘जिन्दगीको लामो बाटो’बाट अवार्ड चुम्दा सर्वोकृष्ट संगीतकारको अवार्ड सन्तोष श्रेष्ठले ‘जुन गीत सुनेरबाट प्राप्त गर्नुभयो भने जुरीको अवार्ड सरोज कोइरालालाई ‘क्या बात’बाट दिइएको थियो ।
यस्तै पपमा गायक सचिन रौनियार, समीर आचार्य, गायिकामा सिर्जना कार्की, सारिका घिमिरे, एञ्जिला गौचन गीतकारमा तारा अधिकारी, किरण घिमिरे र संगीतकारमा राजेन्द्र भट्टले अवार्ड चुम्नु भए । त्यसैगरी पप÷आधुनिकमा नवगायक आर्यन शाही ठकुरी, नवगायिका मिना कार्की, युगल गायन–गुणराज श्रेष्ठ र अस्मिता अधिकारी, अशोक बराल र सोनिका केसी, मोडल पुरुषमा सनम कठायत, महिलामा वर्षा सिवाकोटी, नवमोडल पुरुषमा दिनेश कठायत, जीवन संसार र नवमोडल महिलामा पूजा नाथ, निर्देशकमा अञ्जन शर्मा, छायांकारमा रवीन्द्र बराल, नवनिर्देशकमा दिनेश ठकुल्ला, सम्पादनमा दिप्सन शाह, बाद्यवादनमा सुनिल सिंह नेपाली, एरेञ्जरमा अमुल कार्की र इन्करेजमेन्टमा सुजल बमले अवार्ड उचाल्न सफल भए ।
त्यसैगरी लोक दोहोरीतर्फ गायनमा हरि गिरी, खेम सेञ्चुरी, तृप्ती खड्का, देवी घर्ती, शब्दमा रविन लामिछाने, सामाना शाह, लयमा रामु खड्का, नवगायकमा सीताराम परियार, नवगायिकामा सुमन थापा, जानुका तामाङले अवार्ड प्राप्त गरे । त्यस्तै प्रत्यक्ष दोहोरी गायकमा चिज गुरुङ, गायिकामा सपना रोक्का, मोडल महिला अभिनयमा उषा सुवेदी, मोडल महिला नृत्यमा रीना थापामगर, मोडल पुरुषमा महेन्द्र गौतम, नवमोडल महिलामा जुना गुरुङ, नव मोडल पुरुषमा राजेन्द्र मगर, छायांकारमा करण चैसिर, सम्पादनमा प्रकाश धमलामा निर्देशकमा विक्रम चौहान, नवनिर्देशकमा निशान बानियाँमा कोरियोग्राफरमा शम्भु शाही, एरेञ्जरमा विश्वास नेपाल, रेकर्डिष्टमा सुमन रानालाई अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी सर्वोत्कृष्ट पप गीतकार जुरीमा होमराज श्रेष्ठ, मौलिक गायिका निर्मला थापामगर, पपुलर गायक रमेशराज भट्टराई र सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड सुधा मरहठ्ठालाई प्रदान गरिएको थियो । गीतसंगीत र सामाजिक र व्यवसाय क्षेत्रका विशिष्ट व्यक्तित्वहरूबाट स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड मेगा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

Previous Post

गायक धुर्ब बिस्कोको नयाँ गित “रेलै चढी जाउ” बजारमा

Next Post

अमेरिकामा मदन कृष्ण श्रेष्ठ तथा इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन

Next Post
अमेरिकामा मदन कृष्ण श्रेष्ठ तथा इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन

अमेरिकामा मदन कृष्ण श्रेष्ठ तथा इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal