Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली राजदूतावास रियाद, लाइ नेपाली जनसंपर्क समितीको ज्ञापन पत्र

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३२ जेष्ठ २०७७, आईतवार १९:३०
in अन्य, आधारभूत, कारोबार, कुराकानी, देश, पत्रपत्रिका, प्रवास, राजनीति, विश्व, समाचार, समाज
0
नेपाली राजदूतावास रियाद, लाइ  नेपाली जनसंपर्क समितीको ज्ञापन पत्र
96
SHARES
416
VIEWS
Share on FacebookShare on Twitter

मिती : १३ जून २०२०
ज्ञापन पत्र
श्रीमान महामहिम राजदूत ज्यू
नेपाली राजदूतावास
रियाद, साउदीअरब
बिषय : साउदीअरबमा रहेका नेपालीहरुले हाल भोग्नुपरेका परेका बिभिन्न समस्याहरुको बारेमा ।
महोदय,
विश्व जगतलाई नै ठुलो समस्यामा पार्ने गरी महामारिको रुपमा फैलिरहेको प्राणघातक रोग कोरोना भाईरस – कोभिड १९ को संक्रमणबाट साउदीअरबमा अहिलेसम्म ज्यान गुमाउनुहुने सबै नेपाली दाजुभाई दिदिबहिनीहरुप्रती हार्दिक श्रद्दान्जली ब्यक्त गर्दछौं र कोभिड १९ को संक्रमण भएर साउदीअरबका बिभिन्न अस्पतालहरुमा उपचार गराइरहनुभएका सम्पूर्ण नेपालीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।


कोरोना भाईरस – कोभिड १९ को कारण साउदीअरबमा कार्यरत धेरै नेपालीहरु पनि संक्रमित भैरहेको, कती नेपालीले ज्यान गुमाइसकेको, कती नेपालीहरु कोरोना संक्रमित हुँदा पनि उपचार नपाईरहेको, कती नेपालीहरु समयमा उपचार नपाएर मृत्‍यु समेत भएको, धेरै नेपालीहरुले कोरोनाकै कारण आफ्नो रोजगारी गुमाइसकेको र खान बस्न समेत समस्यामा परीरहेको, कति नेपालीहरुले यिनै समस्याहरुसँग लड्न नसकेका कारण आत्महत्या गर्नुपरेको, कतिले दिमागी सन्तुलन नै गुमाउन पुग्ने समेत स्थितीको सृजना भैसकेको र यस्तो अवस्थामा पनि आफ्नो देश फर्कनको लागि दूतावाससँग समन्वय गरेर महिनौं देखी कुरेर बस्दा पनि अहिले सम्म नेपाल फर्कनको लागि बिदेशमा रहेका पीडित नेपालीहरुलाई लक्षित गरी नेपाल सरकारले कुनै कदम नचालेको र केही दिन अगाडि बिदेशमा अलपत्रमा परेका नेपालीहरुलाई उद्दार गर्ने भनी चर्को भाडादर र अन्य बिभिन्न सर्तहरु राखी नेपाल सरकारले बिदेशमा रहेका पीडित नेपाली श्रमिकहरुलाई झन पीडित बनाउने गरी सार्बजनिक गरेको भाडादर बिदेशमा अलपत्रमा परेका नेपालीहरुको हितमा नभएको आदी कुराहरुमा नेपाली जनसंपर्क समिती साउदीअरबको गम्भिर ध्यानाकर्षण भएको हुँदा यि सबै समस्याहरुलाई सहज तरिकाले समाधान गर्न नेपाली राजदूतावास रियादले नेपाल सरकारका बिभिन्न सम्बन्धित निकायहरु र साउदी सरकारका बिभिन्न सम्बन्धित निकायहरुसँग आबश्यक समन्वय गरी साउदीअरबमा रहेका पीडित नेपालीहरुको हक र हितको लागि पहल गरिदिनुहुन अनुरोध गर्दै नेपाली जनसंपर्क समिती साउदीअरब हार्दिक अनुरोधका साथ महामहिम ज्यू समक्ष निम्न उल्लेखित बुँदाहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौं ।

१) हालसम्म साउदीअरबमा कोरोना संक्रमित उपचारार्थ, उपचार पश्चात निको भैसकेका र कोरोनाको कारण मृत्‍यु भएका नेपालीको संख्या पाक्षिक रुपमा सार्बजानिक गर्नको लागि अनुरोध गर्दछौं ।
२) कोरोना संक्रमित भएर समयमा नै अस्पताल पुग्न नपाएका, कम्पनिले पनि बेवास्ता गरिएका, बिमारी हुँदा यातायातको समस्याका कारण अस्पताल जान नपाएका जती पनि दूतावासको संपर्कमा आएका छन ति नेपालीहरु कार्यरत कम्पनिमा कडा रुपमा दूतावासले दबाब सृजना गरी सहजिकरण गरिदिनुहुन र जो कम्पनी छोडेर अबैधानिक रुपमा नेपाल फर्कनको लागि कुरेर बसेका नेपालीहरु छन, उनिहरु कोरोना संक्रमित भएमा उपचारको अभाबमा ज्यान गुमाउन नपर्ने गरी एक शहरमा कुनै एक अस्पतालमा समन्वय गरी उनिहरुको उपचारको लागि सहजिकरण गरिदिनुहुन अनुरोध गर्दछौं ।
३) करार अबधी नसकिंदै रोजगारदाता कम्पनिले बिभिन्न बहानामा पीडित बनाएका र कम्पनी छोडेर इलिगल बन्न पुगेका वा कम्पनिमै रहेका नेपाली श्रमिकहरुको न्यायको लागि, हक हितको लागि उनिहरुलाई ल्याउने मेनपावर एजेन्सी र कम्पनीसँग संपर्क गरी समस्याको समाधान गर्न आबश्यक पहल गरिदिनुहुन अनुरोध गर्दछौं ।

४) कोरोना वा कुनै अन्य कारणले मृत्‍यु भएका नेपालीहरुको परिवारले रोजगारदाता कम्पनि र बिमा कम्पनिबाट पाउनुपर्ने बिभिन्न सुबिधाहरुको लागि र मृतकहरुको शब हवाई उडान सुचारु हुने बित्तिकै यथाशिघ्र नेपाल फर्काउनको लागि सम्बन्धित निकायहरुसँग गम्भिर रुपमा पहल गरिदिनुहुन अनुरोध गर्दछौं ।

५) हालै नेपाल सरकारले कोरोनाको कारण बिदेशमा बिभिन्न समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा बर्गिकरण गरी स्वदेश फर्काउने भनी सार्वजनिक गरेको चर्को हवाई भाडादरको घोर बिरोध गर्दै उक्त भाडादर कुनै पनि हालतमा साउदीअरब लगायत अन्य मुलुकहरुमा रहेका पीडित नेपाली श्रमीकहरुमा लक्षित नभएकोले उक्त चर्को भाडादरलाई तत्काल खारेज गर्न र सके निशुल्क, नसके पीडितहरुको अवस्था हेरेर बग्रिकरण गरी सस्तो र सुलभ भाडादर तय गर्न वा बिभिन्न एयरलाइन्सँग समन्वय गरि सके सम्म एकदमै न्युनतम भाडा दरमा नेपाल लैजान पहल गर्न, नेपाल सरकारको सम्बन्धित निकायहरुसँग आबश्यक पहल गर्न, दबाब दिन र यथाशिघ्र नेपाल फर्कनको लागि नेपाली दूतावासमा जानकारी गराई, दूतावासले उपलब्ध गराएको फारम भरेर पर्खाइमा बसेका नेपालीहरुलाई नेपाल फर्काउन पहल गर्न नेपाली राजदूतावास रियाद समक्ष नेपाली जनसंपर्क समिती साउदीअरब जोडदार माग गर्दछौं ।

६) बैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख भएर अनुरुप बिदेशमा रहेका कामदारहरूलाइ कुनै समस्या परेर स्वदेश फर्काउनुपर्दा कामदार कल्याणकारी कोषमा जम्मा भएको रकमको प्रयोग गर्न सकिने भनेर उल्लेख भए बमोजिम उक्त कोषमा रहेको अरबौँ रुपैयाँ रकम आबश्यक प्रकृया पुरा गरी साउदीअरबमा हाल पीडित अवस्थामा रहेका नेपालीहरुको उद्दारको लागि प्रयोग गर्न बैदेशिक रोजगार बिभाग तथा अन्य सम्बन्धित निकायसँग छलफल गरी पीडित श्रमिकहरुको हितमा काम गर्न पहल गर्न अनुरोध गर्दछौं ।

अन्त्यमा, नेपाली काँग्रेसले बिदेशमा रहेका नेपालीहरुको हक हितका लागि निरन्तर उठाइरहेको आवाजमा, लिखित रुपमा सरकारलाई दिरहेको दवाबमा ऐक्यबद्धता जनाउँदछौं । नेपाली जनसंपर्क समिती साउदीअरबले पनि नेपाल र नेपालीलाई परेको हरेक आपत बिपद, महामारीमा अग्र पंक्तिमा रहेर सहयोग गर्दै आएको, साउदीअरबमा रहेका नेपालीहरुको हक हितका लागि आवाज उठाउँदै आएको कुरा यहाँहरुलाई जगजाहेर नै छ र आगामी दिनमा पनि यस्ता बिषयहरुमा नेपाली राजदूतावास रियाद लगायत साउदीअरबमा रहेका कृयाशिल नेपाली संघ-संस्था, समुदायहरुसँग नेपाली जनसंपर्क समिती सधैं सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै माथि उल्लेखित बिषयहरुमा नेपाली राजदूतावास रियादले छिट्टै नै गम्भिर रुपमा प्रकृया अगाडि बढाउनेछ, साउदीअरबमा रहेका नेपालीहरुको हकहितका लागि नेपाल सरकार र साउदी सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गर्नेछ भन्ने कुरामा पूर्ण रुपमा आशाबादी रहदैँ सबैलाई कोरोनाबाट सुरक्षित साथ रहन आग्रह गर्दछौं ।
धन्यवाद । जय नेपाल ।

बोधार्थ :
-नेपाली कांग्रेस केन्द्रिय कार्यालय
-नेपाली काँग्रेस जनसंपर्क समिती समन्वय बिभाग
-नेपाल सरकार तथा प्रधानमन्त्रीको कार्यालय
-श्रम तथा परराष्ट्र मन्त्रालय
-बैदेशिक रोजगार बिभाग

सुरेश राज त्रिपाठी तुसंङ ब थापा (अर्जुन)
महामन्त्री ब.उपसभापती
नेपाली जनसंपर्क समिती साउदीअरब

FB Link Here

Previous Post

साउदी अरबमा कार्यरत विभिन्न तीन संस्थाले सरकारले निर्धारण गरेको टिकट मूल्य प्रती असन्तुष्ट | संयुक्त प्रेस विज्ञप्ति :

Next Post

गायक सुमन परियारको आवाजमा “ रेलिमै “ भिडियो सहित ।

Next Post
गायक सुमन परियारको आवाजमा “ रेलिमै “ भिडियो सहित ।

गायक सुमन परियारको आवाजमा “ रेलिमै “ भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal