एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको कथामा निर्माण भएको चलचित्र ‘षट्कोण’ को ट्रेलर सार्वजनिक भएको छ । मिलन डि काप्रि निर्देशिनमा तयार भएको चलचित्रमा अभिनेता कर्मा पत्रकारको भूमिका देखिएका छ्न । कर्मा सँगै चलचित्रमा भोलाराज सापकोटाका,लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । भने आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

>








Discussion about this post