काठमाडौँ – काठमाडौँ महानगरपालिकामा झण्डै ७ महिनापछि कार्यपालिका बैठक बसेको छ। तर, उक्त बैठक मेयर बालेन्द्र शाह (बालेन) ले जम्मा ५० सेकेन्डमै टुंग्याइदिएका छन्।
विवादका कारण लामो समयदेखि स्थगित रहेको कार्यपालिका बैठक आज बसेको हो। बैठक छोटो समयमै सकिएपछि पुनः महानगरको नगरसभा असार २९ गते आइतवारका लागि बोलाइएको महानगरले जनाएको छ।
Discussion about this post