असार ३ गते बाट प्रदर्शन आउने चलचित्र चिसो मान्छेको जिबन बाटोमा बोलको लिरिकल गीत सार्वजनिक भएको छ् । सार्वजनिक भएको गीतमा निकिता थापाको स्वर, सहदेव अर्यालको शब्द ,सुबश भुसालको संगीत तथा देउडा भाकामा रेखा जोशीको आवाज रहेको छ् ।
दीपेन्द्र के खनालको लेखन तथा निर्देशन तयार भएको चलचित्र चिसो मान्छेमा अर्पण् थापा, स्वस्तिमा खड्का, देश भक्त खनाल, आशन्त शर्मा, प्रभाकार न्यौपाने, राम बाबु रेग्मी लगायत अन्य कलाकारको अभीनय रहेको छ् ।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो । फिल्मको सम्पादन भने दीर्घ खड्काले गरेका हुन् ।
ट्रेलरले एक खालको चलचित्रको हाइप बढाइ सकेको छ् । अब हेर्न बाकी छ् हलमा लागे पछी चलचित्रले कस्तो प्रतिकृया पाउने हो ।

>









Discussion about this post