काठमाडौं । गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनमा समावेश रोमाण्टिक भर्सनको ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द हाल अस्ट्रेलियामा रहेका गीतकार सक्रिय श्रेष्ठको रहेको छ। शास्त्रीय संगीतको समिश्रण रहेको यस गीतमा गायक न्यौपानेको नै संगीत रहेको छ। गीतको एरेन्ज रिदम कँडेलले गरेका छन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । ‘सक्रिय क्रियशन’ नामक युटुयुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार श्रेष्ठको शब्दमा रहेको ‘ कुरा नगरेकै जाती’, ‘सपनाको रंग ‘ बोलको भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
भिडियो लिंक:

>









Discussion about this post