...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

४२ विधामा प्रदान गरियो स्टार म्युजिक भिडियो अवार्ड

रबिन राउत by रबिन राउत
June 12, 2022
in अन्य
0
४२ विधामा प्रदान गरियो स्टार म्युजिक भिडियो अवार्ड
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २९ जेठ  
काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै शनिबार यो अवार्ड सम्पन्न भएको हो ।
पूर्व खानेपानी मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोहमा आधुनिक गीत यसपटक प्रताप दाश र एलिना चौहान उत्कृष्ट गायक गायिका भएका छन् । प्रताप दासले तिमि छाउ र एलिना चौहानले ओखल ढिकीबाट उत्कृष्ट गायनको अवार्ड चुमेका हुन् । यस्तै आधुनिक गायनमै जुरी अवार्ड शेरकेनीले प्राप्त गरे । आधुनिक संगीतकारको अवार्ड रोशन सिंहले हाँसिल गरे । ग्रेट नटराज फिल्मस्ले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा नव गायिका विधामा दिया पोखरेल उत्कृष्ट भईन भने कविता शिवाकोटीले जुरी अवार्ड प्राप्त गरिन् ।


आधुनिक विधामै भिडियो तर्फ नृत्य निर्देशकको अवार्ड राहुल बराईलीले, महिला मोडलको अवार्ड जेविका कार्कीले, म्युजिक भिठियो छायाँकारको अवार्ड नवराज उप्रेतीले र छायाँकारको जुरी अवार्ड  बिरेन्द्र भट्टले प्राप्त गरे । यस्तै आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड अर्जुन भुसालले, उत्कृष्ट भिडियो सम्पादकको अवार्ड मिलन विश्वकर्माले र भिडियो सम्पादकको जुरी अवार्ड वीरबहादुर थारुले हाँसिल गरे ।


आधुनिक गीतको भिडियोमा उत्कृष्ट पुरुष मोडलको अवार्ड हरिश निरौला (कक्रोच)ले, नव मोडलको अवार्ड प्रकाश बस्नेतले, पपुलर नव मोडलको अवार्ड अनिल थापाले र मोडलको जुरी अवार्ड रमेश रामतेलले प्राप्तगरे । कार्यक्रममा उत्कृष्ट बाल कलाकारको अवार्ड सान्वी खतिवडाले चुमिन ।


यस्तै लोक पप विधामा गायकको अवार्ड सारनकोट गीतबाट प्रवीण भट्टले र यही विधाको जुरी अवार्ड सनम खतिवडाले पाए । लोक पप विधामा उत्कृष्ट पुरुष मोडलको अवार्ड सुनिल गुरुङले र पुरुष मोडलमै जुरी अवार्ड प्रकाश श्रेष्ठले, पपुलर विधाको अवार्ड कमल सिंहले हाँसिल गरे भने त्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड सुबोल थापाले पाए । उत्कृष्ट लोक साँस्कृतिक गीतको अवार्ड निशा गुरुङ श्रेष्ठले यही विधाको जुरी अवार्ड कालिका रोकाले हाँसिल गरे ।
लोक दोहोरी विधामा उत्कृष्ट गायकको अवार्ड विछोड गीतबाट मानसिंह खखड्काले र यही विधाको जुरी अवार्ड सविन गुरुङले हाँसिल गरे ।


उत्कृष्ट महिला लोक दोहोरी गायिकाको अवार्ड अँधेरीमा गीतबाट टिका पुनले प्राप्त गरिन् । यही विधामा सन्ध्य परियारले जुरी अवार्ड र शान्ता थापाले पपुलर अवार्ड हाँसिल गरे । उत्कृष्ट नव गायिकाको अवार्ड सुनिता तिमिल्सिनाले, नव गायिकाको जुरी अवार्ड करिश्मा बीसीले, उत्कृष्ट नव गायकको अवार्ड प्रवीण सापकोटाले, नव गायकको पपुलर अवार्ड सिद्धार्थ मगरले र जुरी अवार्ड कृष्ण लामिछानेले प्राप्त गरे ।


लोक दोहोरीमै खेम सेन्चुरीले उत्कृष्ट लय तथा नव तर्फ गोविन्द भण्डारीले उत्कृष्ट लय (नव)को अवार्ड जिते । उत्कृष्ट लोक दोहोरी गीतको अवार्ड आभास शताब्दीको जाडो भयो पछौरी गीतले हाँसिल गरेको सो कार्यक्रममा नव कलाकारको उत्कृष्ट गीत चौतारीमा बर्को भयो । कृष्ण स्वर्णकारले पनि नव कलाकारको अवार्ड पाए ।
लोक दोहोरी भिडियो मै नृत्य तर्फ पुरुष मोडको अवार्ड शंकर बीसीले चुमे । यही विधामा ओबी रायमाझीले रम रम मरौटीबाट पपुलर र प्रेम थापाले जुरी अवार्ड पाए । उत्कृष्ट महिला मोडलको अवार्ड मन परेको गीतबाट अञ्जली अधिकारीले हाँसिल गरिन् ।


लोक दोहोरी भिडियो मै अभिनय तर्फ उत्कृष्ट मोडलको अवार्ड आनन्द गुरुङले, लोकप्रिय मोडलको अवार्ड निक शर्माले र जुरी अवार्ड सुनिल लामिछानेले हाँसिल गरे ।
अभिनय तर्फ उत्कृष्ट महिला मोडलको अवार्ड टिका जैसीले, नयाँ मोडल पुरुषको अवार्ड पदम बहादुर राना मगरले र जुरी अवार्ड गोविन्द बिवासले प्राप्त गरे । नव तर्फ उत्कृष्ट मोडल शर्मिला पुन मगर र जुरी अवार्ड सुमित्रा गुरुङले पाए । नारायणी खत्री वर्षको सर्वश्रेष्ठ मोडल घोषित भए ।
यस्तै लोक दोहोरीमै म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड दीपक अधिकारीले, कोरियोग्राफरको अवार्ड माधव श्रेष्ठले, छायाँकारको अवार्ड विजय लामाले, सम्पादकको अवार्ड राजकुमार मगरले र सम्पादक तर्फको जुरी अवार्ड रबिन बीकेले प्राप्त गरे । ब्यबस्थापकको अवार्ड तेजेन्द्र दुराले, लोक दोहोरीमै उत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द पराजुलीले, उत्कृष्ट म्युजिक भिडियो नव निर्देशकको अवार्ड रमेश बिके रसाइलीले पाए ।
मौलिक गीत तर्फ उत्कृष्ट मोडलको अवार्ड लक्ष्मी गुरुङले र जुरी अवार्ड बबिता गुरुङ (कुडुले)ले हाँसिल गरे ।
भाषाभाषी तर्फ उत्कृष्ट तामाङ गीत भिडियो निर्देशक अवार्ड देव दोर्जे लामाले, उत्कृष्ट तामाङ गीत भिडियो पुरुष मोडलको अवार्ड
हेरुका लामा र महिला मोडलको अवार्ड सरिता रानाले तथा महिला मोडल जुरी अवार्ड ऋतु लामाले प्राप्त गरे । यस्तै मैथिली भाषा तर्फ उत्कृष्ट गायन अवार्ड रुपेश झाले हाँसिल गरे ।
उत्कृष्ट डान्स लिडरको अवार्ड नाथुनी जैशवालले र यही विधाको जुरी अवार्ड मोहन सुनुवारले पाए ।
म्युजिक भिडियोका प्राविधिक विधा तर्फ उत्कृष्ट पुरुष मेकअप आर्टिष्टको अवार्ड मोहन लामाले र महिला मेक अप आर्टिष्टको अवार्ड सपना लम्सालले प्राप्त गरे ।
गीत संगीत क्षेत्रमा लामो योगदान दिएको भन्दै लोक दोहोरी गायक कृष्णा कँडेल, राजु परियार, बाद्यबादक खर्क बुढा, लोक दोहोरी गायिका लक्ष्मी न्यौपाने, गायिका सरिता भारती कार्यक्रममा सम्मानित भए । यस्तै नृत्य कलाकार विशाल स्याङजाली, कलाकार मधुर बस्नेत, सामाजिक अभियान्ता डिल्ली अधिकारी पनि कार्यक्रममा सम्मानित भए । अशोक विकको अध्यतामा ग्रेट नटराज फिल्म्स प्रा.लिले यो अवार्ड आयोजना गरेको हो ।
अशोक विकको अध्यक्षतामा अभिनेत्री दिपासा बिसी, प्रशान्त आग्रे, मदन गजमेर, रमेश थापा, गोपाल थापा र केशव कार्कीको टिमले यो अवार्ड आयोजना गरेको हो । यो अवार्डको निर्णायकमा म्युजिक भिडियो निर्देशक उज्ज्वल केसी, कोरियोग्राफर कविराज गहतराज र सँगीतकार करण रहेका थिए ।

Previous Post

लक्ष्मी र जीवनको को छर मेरो भन्ने गीत सार्वजनिक

Next Post

‘अलिअलि तिमीसँग’ मा आकाश र पूजाको रोमान्स ( भिडियो )

Next Post
‘अलिअलि तिमीसँग’ मा आकाश र पूजाको रोमान्स ( भिडियो )

'अलिअलि तिमीसँग’ मा आकाश र पूजाको रोमान्स ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal