आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘बाबरी रंग’बोलको गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको छ l गीतमा शब्द तथा संगीत अनमोल गुरुङको छ। सार्वजनिक भएको गीतमा अदिती बुढाथोकी र धिरज मगर फिचर्ड भएका छन ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्रलाई सुरेन्द्र पौडेल निर्देशन गरेका हुन । कथा पनि निर्देशक पौडेलले नै लेखका हुन् ।
चलचित्र ‘बाबरी’ मा अदिती बुढाथोकी र धिरज मगर अलवा कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

>









Discussion about this post