नेपालगञ्ज, बाँके —
नेपालगञ्जका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, होटल तथा रेस्टुरेन्टहरूमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाका आधारमा छुट्टाछुट्टै टोली बनाएर छापा मारिएको हो।
छापा मारिएका होटलहरूमा मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड, र दँगाली होटल रहेका छन्।
प्रहरीका अनुसार, नियन्त्रणमा लिइएकामध्ये ३१ जना महिला र १४ जना पुरुष रहेका छन्।
त्यसमध्ये आठ जना भारतीय नागरिकसमेत रहेका छन्।
प्रहरीले होटल तथा रेस्टुरेन्टका सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको
Discussion about this post