यही असोज ३१ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’ को ट्रेलर युट्यूवको ट्रेन्डिङमा पर्न सफल भएको छ । ‘जेरी अन टप’ लाई सुयोग गुरुङ्ग ले निर्देशन गरेका हुन । यस चलचित्र मा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गीको मुख्य भूमिका रहेको छ । चलचित्र ‘जेरी अन टप’ लाइ सरोज न्यौपानेले निर्माण गरेका हुन् ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ ।
Discussion about this post