रियाद, साउदी अरब ‘देशको लागि केही गरौँ’ भन्ने मूल नाराका साथ साउदी अरबमा क्रियाशील नेपाली साझा मञ्च, साउदीले आफ्नो १०औँ वार्षिकोत्सव, चौथो अधिवेशन तथा नववर्ष २०२६ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर श्री कबिराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दूतावासका प्रतिनिधि, विभिन्न संघ-संस्थाका अगुवा र ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उप्रेतीले पानसमा बत्ती बालेर र अतिथिहरूले ब्यानरमा हस्ताक्षर गरेर फरक शैलीमा गरिएको थियो। सो अवसरमा मञ्चका महासचिव राजु केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस कार्यकालमा मञ्चमार्फत करिब १५ हजार नेपालीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी दिनुभयो।

प्रमुख अतिथि उप्रेतीले मञ्चको सामाजिक कार्यको प्रशंसा गर्दै साउदीको कानुनी संवेदनशीलता र श्रमिक हितका बारेमा दूतावास सधैँ गम्भीर रहेको बताउनुभयो।

अधिवेशनले आगामी २०२६–२०२८ कार्यकालका लागि अन्जान गुभाजुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष गुभाजुले आगामी दिनमा श्रमिकहरूका लागि बचत, बैंक खाता, डिम्याट, निःशुल्क श्रम नवीकरण र सामाजिक सुरक्षा कोष जस्ता विषयमा मञ्चले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई थप रोचक बनाउन नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका तुलसी छेत्रीले आफ्ना चर्चित सांगीतिक प्रस्तुतिहरूबाट दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो। साथै स्थानीय कलाकारहरू रोम लामा, दिव्या, दीक्षा थापा लगायतले पनि प्रस्तुति दिएका थिए।
सोही अवसरमा नेपाली राजदूतावास, रियाद, जेद्दा स्थित महावाणिज्य दूतावास, नेपाल वायु सेवा निगमकी कन्ट्री हेड श्रीमती अन्जु शर्मा, एनआरएनए एनसिसी साउदीकी निर्वतमान अध्यक्ष तथा संरक्षक श्रीमती रबिना अर्याल, ग्लोबल आईएमई रेमिटका गल्फ हेड श्री राम बी. छेत्री, कास्की सेवा समाज, मोरङ–सुनसरी समाज, झापाली समाज, स्याङ्जा सहयोग समाज, हेल्प मधेसीका अध्यक्ष श्री श्याम कुमार महतो, तथा प्रवासी मिलन एकता समाजका अध्यक्ष श्री काजी गुरुङ लाई उहाँहरूले नेपाली समुदायप्रति पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।
नेपाली साझा मञ्च साउदीको २०२६–२०२८ कार्यकालका लागि प्रमुख संस्थागत संरक्षकमा कृष्ण पुरी, संरक्षकमा विष्णु घिमिरे, र प्रमुख सल्लाहकारमा अकल प्रधान रहनुभएको छ। कार्यसमितिको नेतृत्व अन्जान गुभाजु (अध्यक्ष) ले गर्नुहुनेछ भने पदाधिकारीहरूमा राजु केसी र भरत पौडेल (उपाध्यक्ष), तेज बहादुर सिलवाल सिन्धुली (महासचिव), बिपुल ढुङ्गाना (सचिव), र डिबी बलामी मगर (कोषाध्यक्ष) चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा प्रनिशा रिमाल, राज जैरु, पुन्य प्रसाद घिमिरे, टी.बी. कुबर, गङ्गाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, समर्पण रमदान मिया, प्रेम बोहोरा, जगदिश खनाल, खड्ग तामाङ र सोम ब बिके रहनुभएको छ भने सल्लाहकारहरूमा टिकाराम पाण्डे र नागेश तामाङ नियुक्त हुनुभएको छ।
कार्यक्रम का सम्पुर्ण तस्बिर हरु को लिन्क तल्ल छ हेर्नुहोस
https://www.facebook.com/media/set/?vanity=lalentertainm1&set=a.1494309659364445

>










Discussion about this post