Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली साझा मञ्चको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशनमा ,चर्चित लोक गायिका तुलसी छेत्रीले साउदी अरबमा प्रस्तुती दिने

रबिन राउत by रबिन राउत
२४ पुष २०८२, बिहीबार १३:४५
in प्रवास, मनोञ्जन
0
नेपाली साझा मञ्चको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशनमा ,चर्चित लोक गायिका तुलसी छेत्रीले साउदी अरबमा प्रस्तुती दिने
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

‘देशका लागि केही गरौँ’ भन्ने मूल नारासहित साउदी अरबमा स्थापित सामाजिक संस्था नेपाली साझा मञ्चको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशनमा सहभागी हुन चर्चित लोक गायिका तुलसी छेत्री साउदी अरब आइपुगेकी छिन।

आगामी शुक्रबार दम्मामस्थित रोज गार्डेन रेस्टुरेन्टमा आयोजना हुने भव्य सांस्कृतिक कार्यक्रम तथा नववर्ष २०२६ को शुभकामना आदान–प्रदान समारोहमा उनले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। गायिका छेत्रीलाई दम्मामस्थित किङ फाहद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली साझा मञ्चका पदाधिकारी तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूले भव्य स्वागत गरेका छन्।

स्वागतका क्रममा मञ्चका प्रमुख संरक्षक कृष्ण पुरी, अध्यक्ष अन्जान गुभाजु, सचिव डिबी बलामी मगर, नेवा समाज साउदीका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ, तथा दम्माम भेट्रान फुटबल क्लबका अध्यक्ष पदम महत लगायतका सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको तयारीबारे जानकारी दिँदै नेपाली साझा मञ्चका सचिव डिबी बलामी मगरले संस्थाको १०औँ ऐतिहासिक वार्षिकोत्सव र चौथो अधिवेशनलाई उत्सवका रूपमा मनाउन लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय कलाकार तुलसी छेत्रीको उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै माटो, भाषा र संस्कृतिसँग जोड्ने अनुभूति दिलाउनेछ। यो कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उहाँले बताउनुभयो।

नेपाली लोक संगीत क्षेत्रमा स्थापित नाम तुलसी छेत्रीको यो दोस्रो साउदी भ्रमण हो। साउदी अरबको पूर्वी क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा पेशाकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायबीच सांस्कृतिक एकता, आपसी सद्भाव र उत्साह थप्ने विश्वास आयोजकले लिएका छन्।

मञ्चका अध्यक्ष अन्जान गुभाजुका अनुसार कार्यक्रममा १०औँ वार्षिकोत्सवको खुसीयाली साटासाट गरिनुका साथै अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। सन् २०१७ मा स्थापना भएको नेपाली साझा मञ्चले साउदी अरबमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार, सामाजिक सेवा तथा परोपकारी गतिविधिहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

शुक्रबार आयोजना हुने उक्त समारोहलाई ऐतिहासिक, मर्यादित र भव्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

Previous Post

रा.प्र.पा. (पानस) साउदी अरबद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

Next Post

नेपाली साझा मञ्च साउदीको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न

Next Post
नेपाली साझा मञ्च साउदीको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न

नेपाली साझा मञ्च साउदीको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal