कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बन्धमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ। यसले सिनेमाको कथा संकेत गरेको छ।
लिरिकल भिडियोमा सिनेमाका अधिकांश मुख्य पात्रलाई देखिन्छ, जसले उनीहरूको चरित्र र भूमिका प्रष्ट पार्छ। कवितांशमार्फत निर्देशकले सिनेमाको केही कथा संकेत गर्न खोजेका छन्। तर, कथा प्रष्ट भने भइसकेको छैन। किस्ताकिस्तामा कथा के हो खोल्दै जाने निर्देशक सरोज पौडेलले बताएका छन्।

यसैबीच, निर्माणपक्षले तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन्। एउटा पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन्।

अर्को पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन्।
अर्को पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार छन्। यो पोस्टरमा सुरक्षाले भारी बोकेकी छन्, मन्जिल कसैलाई हेरिरहेका छन्। तीनवटै पोस्टरमा कलाकारहरू चरित्रको लुक्समा छन्।

केही दिन अगाडि निर्माण पक्षले प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको थियो। त्यसअघि ‘नत्र भने जिन्लगी व्यर्थ छ’ सार्वजनिक भएको थियो, जुन गीत अहिले टिकटकमा हिट छ।
सरोज पौडेलले निर्देशन गरेको सिनेमा ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ। ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ सिनेमा प्रतिक्षित बनेको छ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको सिनेमा ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका सिनेमा ‘कोशेढुंगा’को कार्यकारी निर्माता दिनेश खड्का हुन्।
बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ। सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।
नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ। ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो सिनेमा डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ।
पहिलो पटक यति धेरै देशमा एकसाथ सिनेमा प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ।

>










Discussion about this post