Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२६ फाल्गुन २०७६, सोमबार १४:०६
in अन्य, कुराकानी, प्रवास, विश्व, शिक्षा, समाचार, स्थानीय सरकार
0
कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।
3.4k
SHARES
14.7k
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना

१. साउदी अरबको स्वास्थ्य मन्त्रालयले दिएको आज बिहान सम्मको जानकारी अनुसार साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको छ । संक्रमितहरुलाई विशेष उपचारमा राखिएको जनाइएको छ ।

२. कोरोना भाइरसको संक्रमणका विरामी धेरै देखापरेका कारण अधिकारीहरुबाट साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द गरिएको छ । उक्त क्षेत्रबाट बाहिर गएका बासिन्दालाई भने शहर भित्र आउन दिइएको छ । सो क्षेत्रमा सरकारी कार्यालय, निजी संस्थाहरु, यातायात तथा क्याटरिङ सेवा लगायतका सेवाहरु बन्द गरिएका छन् ।

अतः उक्त क्षेत्र र वरपर रहनुभएका नेपालीहरुले यस रोगको संक्रमणबाट बच्न सम्भव सबै उपायहरु अवलम्बन गर्नुहुन अनुरोध छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजैलै सर्ने भाइरसका कारण हुने रोग हो ।

३. संक्रमण फैलिदै गएकाले सावधानीका क्रममा साउदी सरकारले अधिराज्य भित्रका सम्पूर्ण विद्यालयहरु, विश्वविद्यालय, मदरसाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको छ ।

४. सक्रमण नियन्त्रणमा अपनाइने सावधानीका क्रममा साउदी सरकारले आजैबाट United Arab Emirates, Kuwait, Bahrain, Lebanon, Syria, South Korea, Italy र Iraq का सम्पूर्ण आवागमन बन्द गरेको छ । आवागमन बन्द भएका कारण राजदूतावासले यूएई ट्रान्जिट हुदै नेपाल पठाउनका लागि आज सबेरै विमानस्थल लगिएका तीनजना नेपाली महिलाहरुलाई राजदूतावासमै फिर्ता ल्याउनु परेको छ ।

अतः विदामा नेपाल जाने, नेपालबाट परिवारका सदस्यहरु ल्याउने वा अन्य यात्रा तय गर्दा सम्पूर्ण कुराहरुलाई विचार गरी यथेष्ठ सूचनाका आधारमा मात्र गर्नुहुन अनुरोध छ ।

५. साउदी सरकारले Saudi Center for Disease Prevention and Control लाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । अतः रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन अनुरोध छ । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्नुहोस् ।

यस रोगको संक्रमणको शंका भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको Health Service Centre को टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहुन समेत अनुरोध छ ।

६. साउदी अरबमा विभिन्न मुलुकका नागरिकहरु कार्यरत रहेका हुंदा उनीहरुसंगको भेटघाट, अंकमाल तथा हातमिलाउने कार्यलाई अत्यावश्यक अवस्थाका लागि मात्र सीमित गर्नुहुन अनुरोध छ । विदेशी नागरिकहरु धेरै भेला भएका स्थानहरुमा अत्यावश्यक भएमा बाहेक नजानुहोस् ।

७. रुघा खोकी लागेका, ज्वरो आएका तथा स्वासप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् ।

८. नेपाली समुदायले आयोजना गर्ने सामूहिक कार्यक्रम कुनै भएका हाललाई बन्द गर्नुहोस् ।

९. नियमित हात धुनुहोस्, खोक्दा तथा हाछ्युं गर्दा अनिवार्य रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् । सो उपलव्ध नभएमा हातको कुहिनाको भित्रिभागमा नाकमुख राखि गर्नुहोस् ।

१०. चराचुरूङगी तथा जनवारलाई नछुनुहोस् । कामका सिलसिलामा छुनुपरेमा प्लाष्टिकको पञ्जा प्रयोग गर्नुहोस् । मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् ।

११. मादक पदार्थ सेवनबाट शरीर शीथिल हुने र शीथिल शरीरमा रोगव्याधीले सजिलै आक्रमण गर्ने एवं शरीरमा रोग लागेको अड्कल गर्न समेत कठीन हुने भएकाले मादक पदार्थ सेवन नगर्नुहोस ।

साउदी अरबमा मादक पदार्थ सेवन गर्नु गम्भीर अपराध भएको समेत यहां पुन: स्मरण गराइन्छ ।

नेपाली राजदूतावास

रियाद ।

२०७६।११।२५

Previous Post

तेजेन्द्र गौत्तम र आशुष्मा कार्कीको अभिनयमा ”न्याउली चरी ” भिडियो सहित ।

Next Post

जी नेपाल एचडीले होली उत्सव मनाउँदै

Next Post
जी नेपाल एचडीले होली उत्सव मनाउँदै

जी नेपाल एचडीले होली उत्सव मनाउँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal