Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

काभ्रे सेवा समाज साउदीअरबद्वारा काभ्रे जिल्लालाई १२ वटा अक्सिजन कन्त्र्सन्ट्रेटर सहयोग :

रबिन राउत by रबिन राउत
२४ जेष्ठ २०७८, सोमबार २१:४०
in प्रदेश नं ३, समाचार, स्वास्थ्य
0
काभ्रे सेवा समाज साउदीअरबद्वारा काभ्रे जिल्लालाई १२ वटा अक्सिजन कन्त्र्सन्ट्रेटर सहयोग :
22
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे सेवा समाज साउदी अरबद्वारा काभ्रेपलान्चोक जिल्लाका बिभिन्न क्षेत्रका कोभिड-१९, कोरोना बिमारीहरुको जीवन रक्षाको लागि सहयोग स्वरुप ५ लिटर क्षमता, २१ किलो वजन, ९३ प्रतिशत अक्सिजन आउटपुट प्युरिटी दिने ओव्गेल्स कम्पनिको १२ वटा मेडिकल अक्सिजन कन्सट्रेटर आज मिती २०७८ जेठ २४ गते प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट ब्यबस्थापन काभ्रेका संयोजक शिवराम पोखरेललाई हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलको प्राङणमा आयोजित उक्त सहयोग हस्तान्तरण कार्यक्रममा काभ्रे पलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं संकट व्यबस्थापन काभ्रेका प्रमुख शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, संकट ब्यबस्थापन केन्द्रका सदस्यहरु, बिष्णु दल गणका गणपती कर्णेल मिलन थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरीष्ठ स्वास्थ्य अधिक्रित डा. नरेन्द्र कुमार झा, शशस्त्र प्रहरी कार्यालयका एसपी महेश केसी, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख अरुण कार्की, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडा, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतिराम तिमील्सिना, काभ्रे सेवा समाज काभ्रेपलान्चोकका पुर्व अध्यक्ष प्रल्हाद केसी, महासचीब मधुसुदन गुरागाईं, सचिब राघब सिङ खड्का, नेपाल जनस्वास्थ्य संघका केन्द्रिय सदस्य रोशन लामा, काभ्रे सेवा समाज साउदीअरबका कोषाध्यक्ष अजय कुमार त्रिपाठी, सदस्य दशरथ हुमागाइँ, रन्जना थपालिया त्रिपाठी, विश्व मैनाली, पत्रकार सुरज तिमील्सिना लगायतको प्रतक्ष उपस्थिती रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले साउदी अरबमा परिश्रम गरेर कमाएको पैसाबाट थोरै थोरै संकलन गरेर काभ्रे सेवा समाजले आफ्नो गृह जिल्लालाई उपलब्ध गराएको १२ वटा अक्सिजन कन्सन्ट्रेटर जिल्लाका बिभिन्न नगरपालिका, गाउँपालिकाहरु जहाँ कोरोना प्रभाबित संख्या बढी छन, आवश्यकता हेरेर त्यहाँको जनप्रतिनिधीहरुसंग समन्वय गरी त्यस क्षेत्रका आइसोलेसनमा राखेर कोभिड नियन्त्रणमा, कोरोनाको बिरामीहरुको उपचारमा उपयोग गरिने कुरा बताउँदै यो सहयोगको लागि काभ्रे सेवा समाज साउदी अरबलाई हार्दिक धन्यवाद दिदै धन्यवाद पत्र प्रदान गर्नुभएको थियो । काभ्रे सेवा समाज, साउदीअरबको प्रथम वार्षिकोत्सब समारोहमा रु. १० लाखको “शैक्षिक बिकास अक्षय कोषको स्थापना गरी उक्त कोषमा जम्मा भएको रकमबाट काभ्रे जिल्लामा कोरोनाबाट अती प्रभाबित बिभिन्न नगरपालिका, गाउँपालिकाहरुका कोरोना संक्रमितहरुलाई अक्सिजन दिनमा मद्दत पुगोस र उनिहरुको जीवन बचाउन सहयोग पुगोस भनेर जम्मा रु ९. लाख ४८ हजारको १२ वटा अक्सिजन कन्सट्रेटर खरिद गरिएको थियो ।

केही दिन पहिले पनि कोरोनाको कारण नेपालमा देखिएको समस्या न्युनिकरण गर्न र नेपालीहरुको जिबन रक्षार्थ गैर आवासिय नेपाली संघ मध्यपुर्व र साउदि अरबले संचालन गरेको सहयोग संकलन अभियानमा काभ्रे सेवा समाज साउदी अरबले रु. एक लाख सहयोग गरेको थियो । “काभ्रेको बिकास गरौँ सबै मिली,एकजुट हौँ साउदीअरबमा काभ्रेली” भन्ने मुल नाराका साथ बिदेशी भुमी साउदीअरबलाई कर्मभुमी बनाएर साउदीअरबका बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका सम्पूर्ण काभ्रेलीहरुलाई एकत्रित गर्दै एक संगठनमा बसेर बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्ने अभिप्रायले करिब ४ बर्ष पहिले १४ अप्रिल २०१७, शुक्रबार (२०७४ बैशाख १ गते) का दिन साउदीअरबमा एक अविछिन्न उत्तराधिकारवाला, संगठित स्वशासित गैर–नाफामुलक, गैर–राजनीतिक तथा गैर–सरकारी सामाजिक संस्था “काभ्रे सेवा समाज, साउदीअरब” को स्थापना गरेको अहिले ४ बर्ष पुरा भएर ५ बर्षमा चल्दै गर्दा यस अबधिमा काभ्रे सेवा समाज साउदीअरबले साउदीअरबमा नेपाली समुदाय भित्र तथा नेपालमा काभ्रे जिल्ला लगायत अन्य ठाउँहरुमा बिभिन्न सामाजिक तथा परोपकारी कामहरुमा तन, मन, धन (आर्थिक, नैतीक, भौतिक) सबै कुराहरुले साथ र सहयोग गरिरहेको छ ।

विश्व महामारिको रुपमा फैलिएको कोभिड १९, कोरोनाले गत १ बर्ष भन्दा बढी समयदेखी नेपालमा पनि मानविय क्षती गराउँदै आएको थियो नै, झन केही समय देखी दोस्रो, तेस्रो चरणको रुपमा डरलाग्दो किसिमले फैलिरहेको कोरोनाको कारण नेपालमा धेरै नेपालीहरुले ज्यान गुमाइरहेका छन र उक्त महामारीले भयानक रुपमा धेरैको ज्यान लिंदै गरेको अहिलेको समयमा मुलुकले थेग्नै नसक्ने एउटा स्वास्थ्य संकट पैदा भएको छ र यस्तो अवस्थामा देश बिदेशमा छरिएर रहेका नेपालीहरुले एकजुट भएर आफ्नो देशमा आईपरेको यस स्वास्थ्य संकटबाट नेपालीहरुलाई बचाउन र धेरैको ज्यान जान नदिन बिभिन्न सहयोगहरु गर्ने क्रम जारी नै छ र यसै अनुरुप काभ्रे सेवा समाज साउदीअरबले पनि आफ्नो गृह जिल्लाका बिभिन्न नगरपालिका गाउंपालिकाहरुमा सहयोग पुर्याउने हेतुले आज जिल्लामा एक कार्यक्रम गरी उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

काभ्रे सेवा समाज साउदीअरबको स्थापना कालदेखी हालसम्म काभ्रे सेवा समाज साउदीअरबले गरेका बिभिन्न सामाजिक तथा परोपकारी कामहरुमा, बिभिन्न अभियानहरुमा तन, मन, धन (आर्थिक, नैतीक, भौतिक) सबै कुराहरुले साथ र सहयोग गर्दै काभ्रे सेवा समाज साउदीअरबलाई सोचे भन्दा बढी सफलता आर्जन गर्न सहयोग गर्नुहुने पदाधिकारीहरु ,नेपाली राजदुताबास साउदीअरब परिवार, साउदीअरब लगायत विश्वमा छरिएर रहेका काभ्रेली तथा गैर काभ्रेली साथीहरु, बिभिन्न राजनीतिक गैर राजनीतिक सम्पूर्ण संघ-संस्थाहरु, उक्त संघ-संस्थाका पदाधिकारी ज्युहरु, समाजसेबी, बुद्दिजिबी, मिडियाकर्मी साथीहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा काभ्रे सेवा समाज साउदीअरब परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ र आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं । विश्व महामारिको रुपमा फैलिएको कोभिड १९ का कारण ज्यान गुमाउनुहुने सम्पूर्णमा हार्दिक श्रद्दान्जली ब्यक्त गर्दै कोरोना संक्रमित भएर उपचारार्थ सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र कोभिड १९ को महामारिको छिट्टै नै न्युनिकरण तथा रोकथाम, अन्त्य होस् भनेर कामना पनि गर्दछौं । काभ्रे सेवा समाज साउदी अरबले आफ्नो स्थापना कालदेखी हालसम्म संस्थाको उदेश्य अनुरुप गरेका कार्यहरुको संक्षिप्त विवरण यसप्रकार रहेका छन । १) साउदीअरबमा पीडित अवस्थामा भेटिएकी काभ्रेपलान्चोक, खनालथोक –

०१ घर भएकी श्रीमती मन्जु मैनालीलाई काभ्रे सेवा समाज, साउदीअरबले सहयोग स्वरुप उपलब्ध गराएको रियाद-काठमाडौँसम्मको रु. २०,०००/- बराबरको हवाइ टिकट सहयोग गरेको ।

२) काभ्रे पाँचखाल न.पा.वार्ड नं. ११, निवासी प्राणघातक Aplastic Anemia रक्त रोगबाट ग्रसित रत्नमान लामालाई बोन म्यारो प्रत्यारोपणको लागि काभ्रे सेवा समाज साऊदीअरबको तर्फबाट रु.२०,०००/- सहयोग गरेको ।

३) दुबईको अस्पतालमा उपचार गराइरहेका तनहुँका देवराज श्रेष्ठको उपचारको लागि काभ्रे सेवा समाज, साउदी अरबले रु ५६,०००/- सहयोग गरेको ।

४) जनता बैंकको सहकार्यमा न्युज २४ टेलिभिजनले संचालन गरेको “न्युज २४ जनता बैंक विपत्ती राहत कोष” को लागि काभ्रे सेवा समाज, साउदी अरबले संकलन गरेको रु. ५५,५५५/- सहयोग गरेको ।

५) अन्तर समन्वय समिती साउदीअरबले बाढी पीडितको सहयोगार्थ सुरु गरेको अभियानमा काभ्रे सेवा समाज, साउदी अरबले रु २०,००० सहयोग गरेको ।

६) धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको एकीकृत नमुना सन्तपुर बस्ती रौतहटका लागि काभ्रे सेवा समाज, साउदी अरबले संकलन गरेको रु. ५५,५५५/- सहयोग हस्तान्तरण गर्दै ।

७) काभ्रे सेवा समाज काभ्रेपलाञ्चोकलाई रु. ३०,०००/- सहयोग गरेको ।

८) जनमत वाङमय मासिक पत्रिकालाई रु. ३०,०००/- सहयोग गरेको

९) कोरोनाको कारण नेपालमा देखिएको समस्या न्युनिकरण गर्न र नेपालीहरुको जिबन रक्षार्थ गैर आवासिय नेपाली संघ मध्यपुर्व र साउदि अरबले संचालन गरेको सहयोग संकलन अभियानमा काभ्रे सेवा समाज साउदी अरबले गरेको सहयोग रकम नेपाली रूपैँया एक लाख सहयोग गरेको ।

१०) काभ्रे सेवा समाज, साउदीअरबको प्रथम वार्षिकोत्सब समारोहमा रु. १० लाखको “शैक्षिक बिकास अक्षय कोष, को सुरुवात गरेको, जुन रकमबाट आज हामीले १२ वटा अक्सिजन कन्सट्रेटर काभ्रे जिल्लाको बिभिन्न नगरपालिका गाउँपालिकाहरुमा पुगोस र कोरोना संक्रमितहरुलाई अक्सिजन दिनमा मद्दत पुगोस भनेर सहयोग गरेका छौं ।

र साउदी अरबमा नेपालीहरुलाई (बिशेष गरी काभ्रेलीहरुलाई) परेका हरेक समस्याहरुमा काभ्रे सेवा समाजले सदैब साथ र सहयोग गर्दै आएको छ र आफ्नो देश नेपालमा (बिशेश गरी काभ्रे जिल्लामा) स्थापना काल देखी नै हरेक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । जय काभ्रे, जय काभ्रेली । धन्यवाद । -सुरेश राज त्रिपाठी महासचिब तथा काभ्रे सेवा समाज साउदी अरब परिवार ।

Previous Post

तेस्रो लहरको पूर्वतयारी गरेका छौंः स्वास्थ्य मन्त्री

Next Post

मुटुमा समस्या देखिएपछि कलाकार मदन कृष्ण श्रेष्ठ अस्पताल भर्ना

Next Post
मुटुमा समस्या देखिएपछि कलाकार मदन कृष्ण श्रेष्ठ अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि कलाकार मदन कृष्ण श्रेष्ठ अस्पताल भर्ना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal