काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताउनुभएको छ ।
मन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्वतयारी सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तेस्रो लहरमा बालबालिकालाई प्रभावित बनाउने हो कि भन्ने छ, त्यसैले सातै प्रदेशमा बालबालिकालाई चाहिने आवश्यक आईसीयु कक्षसहितको अस्पताल बनाउने तयारी गर्दैछौं ।’
मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताउनुभयो । ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उहाँको भनाइ छ ।
मन्त्री तामाङले मेरो आज नै अन्तिम दिन हो भन्ने स्मरणमा राखेर काम गर्ने बताउनुभयो । ‘भरे गरौंला, भोलि गरौंला भनेर राख्दिन, आज नै मेरो अन्तिम दिन हो भनेर काम गर्नेछु,’ उहाँको भनाइ छ ।

>









Discussion about this post