रियाध, साउदी अरेबिया – साउन २१
पारिवारिक समाज नेपाल – साउदी अरबको आयोजनामा आगामी २२ अगस्त २०२५ (शुक्रबार) का दिन रियाधको यास्मिन रेस्टुरेन्ट, बाथा मा हरितालिका तिज विशेष कार्यक्रम आयोजना हुने भएको छ।
समाजका अध्यक्ष जितेन्द्र थपलियाले जानकारी गराउँदै, साउदी अरेबियामा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूप्रति विशेष निमन्त्रणा व्यक्त गर्नुभएको छ। वहाँले जानकारी गराउनु अनुसार, कार्यक्रममा सहभागी हुने महिला दिदीबहिनीहरूको लागि ‘दर्खाने’ को विशेष व्यवस्था मिलाइएको छ।
कार्यक्रमको विवरण यस प्रकार छ:
मिति: २२ अगस्त २०२५ (शुक्रबार)
स्थान: यास्मिन रेस्टुरेन्ट, बाथा, रियाध
समय: दिउँसो १२:३० बजे देखि कार्यक्रम सुरु हुने
प्रवेश निःशुल्क (Free Entry)
कार्यक्रममा तीज गीतहरूमा आधारित सांस्कृतिक प्रस्तुति, नाचगान, र साउदीमा अरेबिया रहेका चर्चित गायक हरु पनि प्रसुती रहने छ साथै मनोरञ्जनात्मक गतिविधि, आयोजकले बताएका छन्।

पारिवारिक समाज नेपाल – साउदी अरबले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यस संस्थाले साउदी अरेबियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू संकटमा परेका खण्डमा उद्धार तथा सहयोग पनि गर्दै आएको छ।
अध्यक्ष थपलियाले सबै नेपालीहरूलाई सपरिवार उपस्थित भई कार्यक्रमको शोभा बढाउन अनुरोध गर्नुभएको छ।
थप जानकारीका लागि सम्पर्क:
कमल महतो – 0503898601
अमर सापकोटा- 0581017210
टोकानाथ न्यौपाने – 0533489502
निरज सिंह – 0548440561
अमृत पौडेल – 0560564003
महेस घिमिरे – 0540324027
नबिन मुडभरी – 0570430175
जितेन्द्र थपलिया – 0561871780
मिडिया पार्टनर: Lal ENTERTAINMENT (YouTube Channel)
Nepal OK TV www.nepalok.com
Discussion about this post