काठमाडौँ — गायिका रेखा शाहले यस वर्षको तीज गीत ‘मलाई क्या माया गर्छन् नि राजै’ सोमबार सार्वजनिक गरेकी छन्। गीतमा पवन रानाभाटको संगीत र एरेञ्ज तथा सुनिल कुमार शर्माको शब्द रचना समावेश गरिएको छ।
गीतको भिडियोमा गायिका रेखा शाहसँग मोडल नीति शाह फिचर्ड छन्। भिडियोको निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाले गरेकी हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।
रेखा शाहले हरेक वर्ष तीजलाई लक्षित गरी नयाँ गीत सार्वजनिक गर्दै आएकी छन्। ‘सिमसिमे पानीमा’ जस्ता सदाबहार गीतकी सर्जक समेत रहेकी शाह लामो समयदेखि नेपाली लोक तथा तीज गीतमा निरन्तर सक्रिय रहिआएकी छन्।

>









Discussion about this post