Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नरैनापुरमा सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ मंसिर २०७६, बुधबार १९:१२
in देश, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
नरैनापुरमा सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना
20
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

(नरैनापुर) बाँके, मंसिर १८ । बाँकेको नरैनापुरमा सीमा सुरक्षा र लागू औषध सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा स्थानीयका लागि सीमा सम्वन्धि जानकारीका साथै लागू औषध विरुद्धको सचेतना कार्यक्रम गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीको आयोजना तथा नरैनापुर गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रमका सहभागीहरुलाई सशस्त्र प्रहरी उपरिक्षक दीपक अधिकारीले सीमा सुरक्षाका लागि स्थानीयले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले खुला सीमाका कारण हुन सक्ने लागू औषध ओसारपसार तथा सेवनलाई निरुत्साहित गर्न स्थानीय नै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले सीमा स्तम्भ सुरक्षामा स्थानीयको विशेष दायित्व हुने भन्दै दशगजा क्षेत्रमा कुनै खालको अतिक्रमण हुन नहुने बताउनुभयो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारी तथा शसस्त्र प्रहरी बल गंगापुरका प्रहरी नायब निरिक्षक खगेन्द्र विकले अन्तर्राष्ट्रिय सीमा, सीमा स्तम्भ र दशगजाका बारेमा स्थानीयलाई जानकारी गराउनुभएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पछिल्लो एक बर्षमा लागूऔषध दुब्र्यसनीहरुले धमाधम कुलत छाड्दै सत्मार्गमा हिंड्ने प्रण गरिरहेको बताउँदै खुला सीमाका कारण बढेको जोखिम न्यूनीकरणका लागि गाउँपालिका गम्भीर रहेको बताउनुभयो । उहाँले डुडुवादेखि नरैनापुरको हुलासपुर्वासम्मका केही सीमा स्तम्भ हराएकाले सीमा स्तम्भ पुनःस्थापनाका लागि भूमिका खेल्न सशस्त्र प्रहरी बललाई आग्रह गर्नुभयो ।

नरैनापुरका सीमावर्ती स्थानीयहरु सीमाका असली रक्षक भएको बताउँदै अध्यक्ष शाहले आफ्नो जमिनको रक्षाका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो । दुई सय बढी स्थानीय सहभागी कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेख, ३ नम्बर वडाका अध्यक्ष राजकुमार मौर्य लगायत सहभागी हुनुहुन्थ्यो ।

Previous Post

दुर्गेश थापा र इन्दिरा जोशी २६ गते इटहरीमा आउँदै

Next Post

एथलेटिक्समा भारतलाई पाँच स्वर्ण

Next Post
एथलेटिक्समा भारतलाई पाँच स्वर्ण

एथलेटिक्समा भारतलाई पाँच स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal