ताप्लेजुङ — जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी जवान सुजन पराजुली र प्रहरी जवान सविता कार्कीको विवाह हाल सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।
ओखलढुङ्गा मोलुङ गाउँपालिका–५ सिमखेत प्राप्चा घर भएकी कार्की र मोरङ घर भएका पराजुलीले हालै ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिरमा धार्मिक विधिपूर्वक विवाह गरेका थिए।

महाअष्टमीको दिन सम्पन्न भएको सो विवाहलाई उनीहरूले सामान्य र धार्मिक शैलीमा सम्पन्न गरेका थिए। विवाहका तस्बिर र भिडियो सार्वजनिक भएपछि उक्त जोडी फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा भाइरल बनेको हो।
दुवै जना हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमै कार्यरत छन्।
साधारण तर भावनात्मक र धार्मिक वातावरणमा सम्पन्न विवाहले धेरैलाई “प्रेम र जिम्मेवारी दुबै सन्तुलनमा राख्ने प्रहरी जोडी” का रूपमा प्रेरित गरेको छ।
https://www.facebook.com/share/v/17bLJaq52z/
उनीहरूलाई नयाँ वैवाहिक जीवनका लागि हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गरिएको छ।

पाथीभरा मन्दिरमा विवाह गरेका प्रहरी जोडी सामाजिक सञ्जालमा भाइरल


>










Discussion about this post