काठमाडौं – सुरुवात मा म्याट्रेसमा गुटुमुटु पर्दै निदाउने, कहिले मण्डलाको भवनमा गिटी बोक्दै पसिना बगाउने… त्यही व्यक्ति आज ५७ लाख रुपैयाँ बजार मूल्यको प्रोटोन ब्राण्डको इलेक्ट्रिक कारमा सवार छन् ।
उहाँ हुन्, चर्चित कलाकार विजय बराल -जसले संघर्षलाई अवसरमा रूपान्तरण गर्न सकेका छन् ।
विजय बरालको कथा आम मानिसका लागि एउटा प्रेरणा हो ।
छिमेकी थिए चर्चित कमेडियन नारद खतिवडा, जसले सानो उमेरमै उनलाई कलाकार बन्ने सपना देखाएका थिए ।
कलाकार बन्ने चाहनाले उनी काठमाडौं आए, तर कलेजमा भर्ना भएपछि राजनीति तिर लागे – नारा लगाए, भाषण गरे, तर मन नलागेपछि फेरि कलातिर फर्किए ।

त्यसपछि उनले नाटक सिक्न थाले, गुरुकुलमा संघर्ष गरे ।
मण्डला थिएटरको भवन बन्दा उनी त्यहीँ मजदुर बने — गिटी, बालुवा, सिमेन्टसँगै आफ्ना सपनाहरू पनि मुछे ।
त्यही बखत निर्देशक रामबाबु गुरुङ ले उनलाई भूमिकाको आशा दिलाए ।
‘कबड्डी’ फिल्ममा सानो रोल पाए, तर त्यो नै उनको जीवनको मोड बन्यो ।
दर्शकले माया गरे, र विजय बरालले आफ्नो नाम नेपाली चलचित्रमा स्थापित गरे ।

आज उनी चर्चित अभिनेता मात्र होइनन्, संघर्ष नगरी सफलता पाइदैन भन्ने सन्देशका जीवित प्रमाण पनि हुन् ।
म्याट्रेसमा सुतेर यात्रा सुरु गरेका विजय बराल अहिले आफ्नो मेहनत र धैर्यका कारण सफलताको उचाइमा पुगेका छन् ।


>









Discussion about this post