काठमाडौं, कार्तिक १५ —
काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडक खण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ।

नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.प्र. ०२–०५९ प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा चालक काभ्रेपलाञ्चोक पनौतीका ३३ वर्षीय नवराज पुरी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते पुरीलाई उपचारका लागि सिभिल अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा सँगै सवार एकजना व्यक्ति घाइते भएका छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले बताएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

>









Discussion about this post