रियाद — october 31 अन्तर्राष्ट्रिय पत्रकार महासंघ (International Federation of Journalists – IFJ) शाखा साउदी अरबको मासिक बैठक अक्टोबर 31का दिन संस्थाका अध्यक्ष श्री विष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा पत्रकारितासम्बन्धी समसामयिक विषयहरूमा गहन छलफल गरिनुको साथै प्रवासमा नेपाली पत्रकारिताको सशक्तिकरण, सहकार्य र पेशागत आचारसंहिता सुदृढीकरणका विषयमा सुझाव आदान–प्रदान गरिएको थियो।
मासिक बैठक को क्रममा संस्थाका प्रेस कार्डहरू प्रमुख सल्लाहकार अमर साप्कोटा र अध्यक्ष विष्णु घिमिरेको हातबाट वितरण गरिएको थियो।
बैठकमा महासचिव राजु खनाल, प्रवक्ता लोकेन्द्र खड्का, सञ्चार तथा अनुशासन संयोजक राज चेम्जुङ्ग, र सदस्य एल.बी. शिर्पाली प्रसादको समेत उपस्थिति रहेको थियो। सहभागी पत्रकारहरूले प्रवासी नेपाली पत्रकारहरूको आवाज सशक्त बनाउन निरन्तर सहयोग र एकताको प्रतिबद्धता व्यक्त गरेका छन।

यसै अवसरमा अध्यक्ष घिमिरेले संस्थाको सक्रियता बढाउँदै प्रवासी नेपाली पत्रकारबीच आपसी समन्वय, सूचना प्रवाह र प्रेस स्वतन्त्रताको संरक्षणमा संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने बताउनुभयो।
बैठकमा थप निर्णयहरू पनि गरिएका छन् —

</>










Discussion about this post