चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक भएको छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ मा प्रदीप खड्का,विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायतको अभिन रकोछ । साइन्स-फिक्सन ड्रामा कथामा आधारित चलचित्र ‘एक्लो’ को टिजर मा सस्पेन्स र थ्रिलर ले भ रिएको छ ।
विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

>








Discussion about this post