Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वडा पुगेर विपन्नलाई सहयोग गर्दै बि–गु्रप

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ आश्विन २०७७, बुधबार १७:४८
in अन्य, प्रवास, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
वडा पुगेर विपन्नलाई सहयोग गर्दै बि–गु्रप
51
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

मितिः २०७७ असोज २१ गते
प्रेस नोट
वडा पुगेर विपन्नलाई सहयोग गर्दै बि–गु्रप
खजुरा, असोज २१ गते
भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले बुधबार खजुरा गाउँपालिका वडा नम्बर २ को कार्यालयलाई स्वास्थ्य सामाग्री र १ सय ५९ जना स्थानीयलाई हात धुनका लागि प्रयोग गरिने बाल्टिन र साबुन प्रदान गरेको छ ।
बि–गु्रपले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ अन्तर्गत खजुरा गाउँपालिकामा कोरोनाबाट बच्नका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री, स्थानीयलाई जनचेतनामा मुलुक कार्यक्रम गर्दै आएको छ ।


बुधबार बि–गु्रपका कार्यसमिति सचिव टेक बहादुर पुनले सहयोग गरेको स्वास्थ्य सामाग्रीको लिस्ट खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक र २ नम्बर वडा अध्यक्ष देवीलाल खनाललाई प्रदान गरेका थिए ।
उपाध्यक्ष विकले बि–गु्रपले गरेको सहयोग निकै महत्वपुर्ण भएको बताइन । उनले भनिन, ‘हामीलाई खुसी लागेको छ । बि–गु्रपले अप्ठयारो अवस्थमा पनि हाम्रो गाउँपालिका र यहाँका जनतालाई सहयोग गरिरहेको छ । अहिलेको अवस्थमा स्थानीय तहले मात्र संकटसँग जुध्न सक्दैन । संकटको बेला हामी सबै मिलेर सहकार्य गर्नु पर्छ ।’

उपाध्यक्ष विकले बि–गु्रपले प्रदान गरेको सामानको वडाले उचित तरिकाले प्रयोग गर्न सुझाव दिइन । उनले भनिन, ‘ बि–गु्रपले सामाजिक क्षेत्रमा निकै राम्रा काम गर्दै आएको छ । अन्य कार्यक्रम पनि खजुरामा गर्ने तयारी गरेको छ । यसका लागि बि–गु्रप टिमलाई म सिंगो गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । यसले हामीलाई निकै सहयोग गरेको छ । अप्ठयारोमा परेको मानिसलाई थोरै भएपनि सहयोग गर्नु राम्रो कुरा हो । यसका लागि बि–गु्रप बधाईको पात्र बनेको छ ।’


वडा अध्यक्ष खनालले प्राप्त भएको सहयोग सामाग्रीलाई लक्षित जनता र सेवाग्राहीको लागि प्रयोग गर्ने बताए । उनले भने, ‘लकडाउनको बेला हामीले वडामा राहत वितरण, कोरोना नियन्त्रण र रोकथामका लागि विभिन्न कार्यक्रम गरेका थियौं । अहिलेको अवस्थामा हामीलाई काम गर्न निकै समस्या परेको छ । बि–गु्रप जस्ता संस्थाले गरेको सहयोगलाई हामीलाई काम गर्न हौसला मिलेको छ ।’बि–गु्रपले वडा कार्यालयलाई हात धुनका लागि प्रयोग गरिने १ हजार लिटर क्षमताको स्टीलको ट्यांकी दुइ थान, ह्यान्डवास लिक्वीड १ सय ७८ थान, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटर क्षमताको एक थान अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटरको ६ थान जर्किन स्यानिटाइजर, २ सय लिटरको ४० जर्किन हाइड्रो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड स्प्रे ट्यांकी सहयोग गरेको छ ।
बि–गु्रपका कार्यसमिति सचिव पुनले सहयोगले वडालाई कोरोनाले सृजना गरेको समस्या र आइपर्ने संकटलाई कम गर्न सहयोग गर्ने बताए । उनले भने, ‘हामीले गरेको सहयोग वडालाई प्रर्याप्त छैन । तर यसले थोरै भएपनि सहयोग गर्नेछ । हामीले दिएका सामान प्रयोग दिगो रुपमा होस भन्ने चाहना हुन्छ । आगामी दिनमा पनि वडासँग मिलेर समुदायको विकासका लागि काम गर्नेछौं ।’

कार्यक्रम संयोजक प्रकाश शर्माले संकटको बेला समुदायमा रहेका विपन्न, संकटमा परेकाका समुदाय र व्यक्तिलाई लक्षित गरेर सहयोग कार्यक्रम अगाडी बढाएको बताए । उनले भने, ‘लकडाउनले धेरै मानिसले रोजगारी गुमाएका छन । हरेक क्षेत्र कोरोनाले प्रभावित भएको छ । यस्तो बेला विश्वले नै थुप्रै समस्याको सामना गर्नु परेको छ । समस्यामा परेको वर्ग र समुदायलाई सहयोग गर्नु कार्यक्रमको उद्देश्य हो ।’
स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा संचालन भैरहेको । जसअन्तर्गत सुरुआतमा १ नम्बर वडालाईका स्थानीय र वडा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बुधबार २ नम्बर वडाको पुल्चोक र सी गाउँका जनतालाई सहयोग गरिएको हो । सहयोग कार्यक्रममा २ नम्बर वडा सदस्य नन्दलाल गुर्तेल, बी–ग्रुपकी प्रतिनिधि दुर्गा पन्थी, ऋषी पोखरेल लगायतले सहयोग गरेका थिए ।

प्रकाश शर्मा
(कार्यक्रम संयोजक)
स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना

Previous Post

नरैनापुर गाउँपालिकाद्वारा प्रदेश योजना आयोगसंग विकास योजना माग

Next Post

' के दिउ खै' मा आचल र बिकास ( भिडियो )

Next Post
‘ के दिउ खै’  मा आचल  र बिकास  ( भिडियो )

' के दिउ खै' मा आचल र बिकास ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal