Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुरक्षा सदुढीकरण विषयक वृहत् अन्तरक्रिया सम्पन्न

रबिन राउत by रबिन राउत
२८ पुष २०७६, सोमबार ०६:३१
in प्रदेश नं ३, समाज
0
सुरक्षा सदुढीकरण विषयक वृहत् अन्तरक्रिया सम्पन्न
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

मदनकृष्ण सिलवाल
काठमाडौँ, पुस २७ । महानगरीय प्रहरीवृत्त बौद्ध, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरण विषयक अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम बौद्धमा सम्पन्न भयो । बौद्धस्थित कुशल बैँङ्केट पार्टी प्लालेसमा सो कार्यक्रम पुस २७ गते आइतबारका दिन सम्पन्न भएको हो ।


कार्यक्रममा बौद्ध र काठमाडौँ उत्तरपूर्वी भेगका विभिन्न संघसंस्थाहरूको व्यापक सहभागिता रहेको थियो । सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष वीरबहादुर वाइवाको सभापतित्व तथा काठमाडौँ क्षेत्र नं. ३ का माननीय सांसद् कृष्णबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रमका विशेष अतिथिहरूमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोख्रेल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी, गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसे, कागेश्वर–मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण क्षेत्र, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, सामुदायिक सेवा समितिका संस्थापक अध्यक्ष तथा संरक्षक जयमंगल लामा लगायतको उपस्थिति रहेको थियो ।


प्रमुख अतिथि माननीय सांसद् कृष्णबहादुर राईले बौद्ध र दक्षिणपूर्वी भेगमा विगतमा भन्दा अहिले शान्तिसुरक्षा, अमनचयनमा व्यापक सुधार भएको बताउनुभयो । यस कार्यको निम्ति सामुदायिक सेवा समिति बौद्ध लगायत अन्य स्थानीय संघसंस्थाले खेलेको भूमिका अनुकरणीय रहेको विचार व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा यस्ता कार्यक्रमहरू जनप्रतिनिधिमुलक र प्रतिनिधिमुलक गरी दुई किसिमबाट कार्यपत्रसहित आयोजना गरिनुपर्ने सुझाव दिनुभयो ।


कार्यक्रममा स्थानीय क्षेत्रका बारेमा समेटेर महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै, स्थानीय महिला संघसंस्थाको प्रतिनिधित्व गर्दै दिदिबहिनी महिला समाजको तर्फबाट यशोदा लामा र चेतनशील महिला समूहबाट राधा पोखरेलले मन्तव्य राख्नुभएको थियो । साथै, सोे कार्यक्रममा महानगरीय प्रहरीवृत्त, बौद्धबाट सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिबारेमा जानकारीमुलक स्रव्यदृश्य प्रस्तुती महानगरीय प्रहरीवृत्त, बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले गर्नुभएको थियो ।


उद्घाटन सत्र र खुल्ला छलफल सत्र गरी दुईचरणमा आयोजित उक्त कार्यक्रममा स्थानीय स्तरमा उब्जिएका समस्यागत प्रश्नका बारेमा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोख्रेलले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष वीरबहादुर वाइवाले शान्ति सुरक्षा सुदृढीकरण गर्ने कार्यमा सामुदाय र प्रहरी दुवैको उत्तिकै जिम्मेवारी रहने धारणा राख्दै पर्यटक यस वर्ष २०२० मा आउने स्वदेशी तथा विदेशी पाहुनाहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोगकारी भूमिका निर्वाह गर्न स्थानीय संघसंस्थाहरूलाई थप जिम्मेवारी रहेको धारणा राख्नुभयो ।

साथै उहाँले समाजमा घट्न सक्ने अप्रिय घटना चोरी, डकैती, लुटपाटका साथै विभेदपूर्ण व्यवहार, विकृति विसंगति हटाउन हामी बर्दी र बिना बर्दीका नागरिक सदैव सचेत रहनुपर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा स्थानीय विद्यालयका भाइबहिनीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सामुदाय– प्रहरी साझेदारी अवधारणाअनुरुप महत्वपूर्ण योगदान गर्नुहुने समाजसेवी जनम लामालाई कदरपत्रद्वारा सम्मानीत गरिएको थियो । कार्यक्रममा स्थानीय संघसंस्थाका ४०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Previous Post

गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।

Next Post

नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति

Next Post
नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति

नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal